१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

पिउनेहरूलाई न दशैतिहार न शनिबार चाहिन्छ

गजल

पिउनेहरूलाई न दशैतिहार न शनिबार चाहिन्छ,

जस्को गला छैन उसैलाई  हिराको  हार चाहिन्छ।

 

अचेल  जिउँदाहरूले नै देशमाथि अन्याय गरेपछि,

अब मुर्दाहरूको  हातमा खुकुरीको धार  चाहिन्छ।

 

के पायौ  सरकार  कैयौं युवालाई खाडीमा बेचेर,

साँच्चै यो माटो हाम्रो भन्नु  यहाँ आधार चाहिन्छ।

 

सायद  मान्छेहरूको  मन मुटु पत्थर  बनिदिँदा,

कसैकसैका लागि  मुना मदनको  प्यार चाहिन्छ।

 

कसरी हाँस्न सकिन्छ पलपल  जिउँदै मरेको बेला,

मान्छे खुशी हुनु पनि एउटा  छुट्टै संसार  चाहिन्छ।

प्रकाशित: १२ फाल्गुन २०७७ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App