१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

स्वाहा

लघुकथा

कामदेवले यानीमायासित कामुक नजर डुलाउँदै वाण हाने– यानीमाया,  हामीले हाम्रो  तीव्र चाहनालाई जबर्जस्ती रोक्नु हुँदैन । यदि रोक्न खोजे बाटो बद्लिन्छ ।  घरमा महिनौं निस्तो रात सुत्दा कति छटपटी होला ? यसो केही उपाय लाउँथ्यौ कि ?

यानीमायाले बाध्यता बकिन्– कसलाई  भोकभोकै बस्ने मन हुन्छ र ? तर कतिले कैयौं रहर जबर्जस्ती मारेर बस्नुपरेको छ ।  समाजको साँघुरो घेरा, कर्तव्यबोध र व्यस्तताले यस्तै खेप्नुपरेको छ।  

कामदेवले कुराको जुइनो समात्दै भने– म पनि तिमीजस्तै पीडित हुँ ।  श्रीमती छ भन्नु  नाउँ मात्रै हो । मनरोगी श्रीमतीको चालाले हैरान छु। मेरो मर्म तिमी बुझ। तिम्रो मर्म म बुझ्छु।

अचानक यानीमाया  लल्याककलुलुक भइन् । उनले कामदेवलाई न्यानो अँगालोमा बेर्दै भनिन् – साँच्चै हो त नि, कति तड्पिइरहूँ म !  आफ्नो ज्यान आफ्नै अधिकार ।  

कामदेवले पासोमा परेको पन्छीलाई जस्तै आफूखुसी  समात्दै भने– कतिञ्जेल बाँचिन्छ र ! खाकोलाको र गरेकै काम लाग्छ । मरेर लानु के छ र ।

दुवै स्वप्निल दुनियाँमा रमाए । भित्ताका तस्वीरहरू चुपचाप रमिता हेर्दै थिए।  

उनीहरू रासलीलामा अभ्यस्त भए । एक दिन अचानक पत्रकारद्वारा रङ्गे हात भेटिए ।यानीमायाले आँभाभरि आँसु पार्दै भनिन् – ममाथि अन्याय भयो । बलात्कारीलाई मृत्युुदण्ड दिइनुपर्छ ।

कामदेव छिनभरमै कालोनिलो भए । उनी मनमनै भन्दै थिए– मर्नुको जुनी भयो । मेरो इज्जत मट्टीमा मिल्यो  । अब  मैले समाजमा कसरी मुख देखाउनु होला ? बर्सौ लगाएर कमाएको इज्जत, पद  एकैसाथ खरानी भयो ।

प्रकाशित: २६ माघ २०७७ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App