१२ असार २०८१ बुधबार
image/svg+xml
कला

‘पल्पसा क्याफे’ अब नाटकमा, मुख्य भूमिकामा स्वस्तिमा खड्का

मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’को नाटक मञ्चन हुने भएको छ। पत्रकार नारायण वाग्लेले लखेको उपयान्स थिएटर भिलेज र मण्डला थिएटरको सहकार्यमा मञ्चन हुन लागेको हो। मंगलबार निर्माण टिमले काठमाडौंमा एक कार्यक्रममार्फत यसबारे जानकारी दिएको हो। ‘पल्पसा क्याफे’ लाई नाकटको रुपमा विमल सुवेदीले निर्देशन गर्दै छन्। पुस्तकलाई नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन्।  

लेखक नारायण वाग्लले निर्देशक विमल सुवेदीले नाटकमा रुपान्तरण गर्ने ‘कन्सेप्ट’ सुनाएपछि  प्रभावित भएर अनुमति दिएको बताए।  

मंगलबार कार्यक्रममा लेखक वाग्लेले आफ्नो रोचक कुरा सुनाउँदै भने, ‘पल्पसा क्याफे लेख्दा मेरो कपाल फुलेको थिएन। अहिले १५ वर्ष भएछ कपाल सेतै फुलेको छ। तर पुस्तकमा उल्लेख गरेको पात्रहरुको घाउ अझै आलै छ। ती पात्रहरु अझै पनि समाजमा देखिन्छ। अब नाटकले झन शसक्त रुपमा चित्रण गर्नेछ।’

अहिले राजनीतिक परिवेशलाई पनि नाटकले प्रतिवम्वित गर्ने उनको विश्वास छ।  

‘मैले स्क्रिप्ट पढेको छैन्। मैले स्क्रिप्ट हेरेपछि मेरो फरक धारणा पनि हुन्छ। त्यसो गर्दा निर्देशन स्वतन्त्रता नहोला।  झन् समस्या हुन्छ,’ उनले भने, ‘मलाई विश्वास छ नाटक राम्रो बन्छ । मैले निर्देशकलाई विश्वास गरेर नाटक बनाउन दिएको हो। त्यसमा विश्वास गर्नु पर्छ।’

‘पल्पसा क्याफे’ राजनीतिक विषयमा केन्द्रित रहेको र अहिलेको अवस्थासँग जोड्नु पर्ने भएकाले नाटक चुनौतिपूर्ण भएको निर्देशक सुवेदीले बताए।  

‘यस अघि पनि नाटक मार्फत सामाजिक राजतिनिक विषयवस्तुलाई भनिरहेको छु’, सुवेदी भने्, ‘विद्यार्थी जीवनदेखि राजनीति र समाजिक विषयलाई नियाली राख्थेँ। अहिले राजनीतिक परिदृश्य हेर्दा पनि नाटक मार्फत भन्न लागेको हो।’

‘नेपालमा दश वर्षे सशस्त्र द्धन्द्धको घाउहरु अझै निको भएको छैन्, उनी थप्छन्, ‘नाटकले द्धन्द्धले छोडेको डोबहरुलाई उत्खनन गर्नेछ।’  त्यसैले पनि पल्पसा क्याफेलाई पुनः नाटक मार्फत ल्याउन लागिएको हो ।’

कार्यक्रममा बोल्दै नाटककी मुख्य भूमिकामा रहेकी स्वस्तिमा खड्काले आफू चलचित्रमा आउनुअघि नाटकमा अर्को संसार भेटिन्न भन्नेमा आफू अनविज्ञ रहेको भन्दै नाटक गर्न पाउँदा निकै उत्साहित भएको बताईन्।  

‘मैले थिएटरमा पनि समाजका कथाहरु भनिन्छ जस्तो लाग्दैनथ्यो। जब थिएटरमा गएर नाटक हेरेँ त्यसपछि अर्को संसार देखेँ। थिएटरमा नयाँ कुरा सिकिन्छ होला भन्ने लोभ थियो’, उनी भन्छिन्,  ‘ मलाई  पनि नाटक गर्छ भन्ने हुटहुटी थयो। संयोगले पल्पसा क्याफेमा काम गर्ने अवसर मिलेको छ एक्दमै उत्साहित छु। सक्दो कोसिस गरिहेकी छु।’

यतिबेला नाटकको वर्कसप भइरहेको छ। नाटक आउँदो चैत वा वैशाखमा मञ्चन गर्ने तयारी छ। कास्टिङ निर्देशक तथा सहायक निर्देशक दीलिप रानाभाटले नाटक सातै प्रदेशमा गर्ने योजना रहेको जनाए।  

मञ्चमा स्वतिमा खड्कासँगै सापिक गौतम, राजनकुमार सुनुवार, जेनी सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, राकृष्ण परियार निमा शेर्पा, पूर्णिमा आचार्य, शुश्मा राई रोशन निरौला र कपिल राई देखिदैछन्।  

२०६१ सालमा मदन पुस्तक ‘पल्पसा क्याफे’लाई अंग्रेजी, कोरियन, फ्रेन्च भाषाहरुमा पनि अनुवाद गरिएको छ।  

प्रकाशित: ६ माघ २०७७ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App