सही मूल्याङ्कन हो तिम्रो
हो
हो, म जीरो हूँ
पक्का पनि जीरो हूँ
एक अक्कर
एक ठक्कर
एक चक्कर हूँ
गुलियो हूँ पीरो हूँ
हो, म जीरो हूँ
तर,
हेर यही जीरो नै आदि र यही जीरो नै अन्त्य पो हो कि
किनकि
जीरोलाई
तिमीले
माया, प्रेम, इज्जत र सद्भाव दिएर
उसको अस्तित्वलाई स्वीकारेर
गणित पण्डितहरूको दिव्यसूत्र बोध गरी
स्थानमान दिएमा
ज्ञान बुद्धि र विवेक प्रयोग गरी
यही जीरोको उचित व्यवस्थापन भएमा
यही जीरोले
तिम्रो बजार भाउ
उनान्नसय प्रतिशतले बढाएर
तिमीलाई समुद्री सतहबाट ८८४८. ८६ मिटरमा पुरयाउने औकात राख्छ
सुझबुझ छ
ए मूर्ख घमण्डी मान्छे ,
जीरोको औकात थाहा पाउने हो
जीरो हूँ म जीरो बहुत पीरो
तिमी
कोठाभित्र बसी
मलाई बाहिर राखेमा
तिम्रो अस्तित्व पनि
बिहानीको ताराजस्तो
प्रकाशको उपस्थितिपछिको तमजस्तो
पेटमा पुगेको ममजस्तो हुनेछ
कुरा बुझियो नि ।
मस्ताना अघोरीको बदमास हूँ म बदमास
यही नियम मनन गरे
अमल गरे
जीवन सरल हुनेछ
जिन्दगीको हिसाब मिल्नेछ
जीरो हूँ म
जसले गुणन गर्न पाए अरूलाई पनि जीरो बनाउने छ
अब तिमी नै भन
म
जीरो हूँ कि हीरो हूँ।
प्रकाशित: ३ माघ २०७७ १०:१८ शनिबार


-600x400.jpg)


