अगम विकराल
जीवन भन्नु पनि त मात्र भोगाइ रै’छ,
हत्केला र निधारमा भाग्य खोज्नु बेकार रैछ।
ठूलाहरूले निधार हेरी भाग्यमानी भने पनि,
ज्योतिषीलाई हस्तरेखा जति पटक देखाए नि ।
हस्केला नै काटे पनि निधार जति फोरे पनि,
आखेरीमा जे गरे नि फेरिदैन भाग्य रै’छ ।
निधारको भरमा पर्दापर्दै आधा जोवान ढल्काएछ,
हस्तरेखा हेर्दाहेर्दै पतझरझै सपना सुकाएछ।
पतझरझै सपना सुके पनि आधा जोवान ढल्के पनि,
आखेरीमा जे गरे नि फेरिदैन भाग्य रै’छ ।
प्रकाशित: २५ पुस २०७७ ०७:२२ शनिबार