रविना नराल
सधै जित र हारको लडाइँ चलिरहेछ यहाँ कथा उस्तै छ ।
नेपालमा धेरै तन्त्र फेरिए पनि गरीबको व्यथा उस्तै छ ।।
धेरै फेरिए नेताहरू कठै कहिल्यै फेरिएन भ्रष्ट सोचाइहरू ।
दैनिक ज्यालादारीहरूको कमाइले बल्दैन चुलो कथा उस्तै छ ।।
जुनै सरकार आए पनि जम्बो टोली फेरिन्छ हुदैन देशको काम ।
गरीबका सारा सपनाहरू गलिरहेछन् सधै व्यथा उस्तै छ ।।
नेताहरू आफ्नो स्वार्थका लागि जनताहरूलाई निसाना बनाउँछन् ।
त्यही अवरुद्धलाई झेल्दै महँगीले गाज्दै छ व्यथा उस्तै छ ।।
करोडौं भ्रष्टाचार गर्छ, सधैं समृद्धको सपना देखाउँछ सरकार ।
जनता सिटामोल खान नपाएर मरिरहेछन् व्यथा उस्तै छ ।।
भाषण गर्छाै चोटिला जनतालाई मस्त चिरनिन्द्रामा सुताउने ।
देश ऋणै ऋणले खोक्रो भइसक्यो बिउँझिँदा व्यथा उस्तै छ ।।
कति आए कति गए गन्तीमा सीमित भएन ।
आज पनि देशको मुहार फेर्नै एकादेशको कथा उस्तै छ ।।
देशमा भाँडभैलो मच्चाएर लुट्न पल्केका भ्रष्ट्रचारी कुर्सीका भोकाहरू
आज पनि देश र जनताको व्यथा उस्तै छ ।।
प्रकाशित: २४ पुस २०७७ ०६:१४ शुक्रबार