१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

किन टिकाउन मुस्किल छ कलाकारलाई विवाह

हास्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी उपचार रोज्ने निधो गरेका छन्। दोस्रो विवाहको तयारीमा जुटिरहेका उनले सामाजिक सञ्जालमार्फत पूर्वपत्नी ढकालले झुटा आरोप लगाएर विभिन्न माध्यमबाट गाली बेइज्जत गरी मानसिक तनाव दिने क्रम जारी राखेको जनाउँदै कानुनी उपचार खोज्न लागेको उल्लेख गरेका हुन्। यी दुईले तीन वर्षअघि सम्बन्ध–विच्छेद गरेका २२ वर्षे लामो वैवाहिक सम्बन्धमा पूर्णबिराम लगाएका थिए।‘सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथि हुने अनावश्यक टिका–टिप्पणी र युट्युबमार्फत फोटोको दुरूपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए, ‘अब कानुनी रूपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु।’ सम्बन्ध–विच्छेद गरी तीन वर्षअघि आ–आफ्नो बाटो  

लागिसकेको अवस्थामा पूर्व पत्नी ढकालले बारम्बार गाली बेइज्जत गर्ने क्रम नरोकिएको उनले जनाएका थिए।  

‘जिम्मेवार नागरिकको नाताले अहिलेसम्म म मौन रहे,’ उनले उल्लेख गरेका थिए, ‘दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहें। तर, यो गाली बेइज्जतले मेरो परिवारलाई अनावश्यक तनाव दिइरहेको छ। सम्बन्ध–विच्छेदको आठ महिनामा आमासँग बस्न नरुचाएर अंशसहित आफूसँग बस्न मेरो घर फिर्ता आएकी छिन्।’

कोरोना भाइरस महामारीको प्रत्यक्ष मारमा परेको मनोरञ्जन क्षेत्र हाँस्य कलाकार गजुरेल र उनकी पूर्वपत्नी ढकालको विवादले फेरि तातिएको छ। यस क्षेत्रको गतिविधि ठप्प झैं भएको अवस्थामा यहाँ आवद्ध व्यक्तिहरूका कारण सधैंभर चर्चामा रहने गरेको छ। चमकधमक बढी हुने यस क्षेत्रमा आपसी अविश्वास, शंका र महवात्कांक्षीका कारण धेरैको वैवाहिक जीवनको सुखमय हुन सकेको छैन। यस क्षेत्रमा आबद्ध फिल्मकर्मी, कलाकार, मोडल र संगीतकर्मीलगायतको व्यक्तित्वहरू दर्शक तथा स्रोतामाझ चर्चित भएका कारण उनीहरूका बारे खोजीनीति हुने स्वभाविक हो। त्यसो त अन्य क्षेत्रमा आवद्ध व्यक्तित्वहरूको जीवनका कहिल्यै आरोह–अवरोह नआएका भने होइनन्।  

पछिल्लो १० वर्षमा सम्बन्ध–विच्छेद हुने प्रवृत्ति नेपाली समाजमा ह्वात्तै बढेको छ। आर्थिक वर्ष ६६/०६७ मा देशभर ५ हजार १ सय ९ सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएकोमा ७६/०७७ मा त्यो संख्या बढेर २३ हजार ३ सयभन्दा माथि पुगिसकेको छ।  

‘सम्बन्ध–विच्छेदका घटना मनोरञ्जन क्षेत्रसँगमात्र जोडिन्न,’ हाँस्य कलाकार गजुरेल भन्छन्, ‘अन्य क्षेत्रमा आवद्ध व्यक्तिहरू वैवाहिक जीवन समेत सम्बन्ध–विच्छेदमा गएर टुंगिएका छन्। म संयुक्त परिवारमा बस्छु। मेरो सामाजिक र व्यक्तिगत जीवन छ। दुई फरक व्यक्ति विवाहको बन्धनमा बाँधिएसँगै जिम्मेवारी र कम्प्रमाइज गर्ने कुरासमेत हुन्छन्। एकले अर्कालाई दोषमात्र थुपार्न लागिपरियो भने सम्बन्ध–विच्छेदको अवस्थामा पुगिने रहेछ।’ उनले विवाहले दुई व्यक्तिको परिवारसमेत जोडिने भएकाले सम्बन्ध–विच्छेदसँग परिस्थिति फरक हुने बताए।

‘दुई व्यक्तिको परिवार जोडिएसँगै एकले अर्काको सम्मान नगरेर क्षणिक आवेग, आंशका र अत्याधिक स्वतन्त्रता खोज्दा परिस्थिति डरलाग्दो हुने रहेछ,’ उनले थपे, ‘मनमुटाव र असन्तुष्टि बढ्दै गएपछि वैवाहिक सम्बन्ध टुंग्याउनु उचित हुन्छ। तर, मैले यसलाई असहज रूपमा लिएको छु।’

नेपाली आधुनिक समाजमा वैवाहिक सम्बन्ध लेनदेनको विषय बन्दै गएको छ। हाइफाइ तथा विलासी जीवनशैलीप्रतिको मोह, व्यस्तता, महत्त्वाकांक्षा, घरेलु हिंसा, मनमुटाव, आशंका, निजी सम्पत्तिको मोह, कानुनमा लचकता, विवाद, शारीरिक असन्तुष्टि र मानसिक तनावलगायतले वैवाहिक जीवनमा फाटो आइरहेका छन्।  

‘विवाह भनेको नितान्त व्यक्तिगत कुरा हो,’ निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘वैवाहिक सम्बन्धमा एकले अर्कालाई विश्वास गर्ने वातावरण हुनुपर्छ। फिल्म सुटिङको लागि अभिनेता, अभिनेत्री, फिल्मकर्मी तथा प्राविधिकहरू घर बाहिर हुने मैले यसलाई असहज रूपमा लिएको छु।’

नेपाली आधुनिक समाजमा वैवाहिक सम्बन्ध लेनदेनको विषय बन्दै गएको छ। हाइफाइ तथा विलासी जीवनशैलीप्रतिको मोह, व्यस्तता, महत्त्वाकांक्षा, घरेलु हिंसा, मनमुटाव, आशंका, निजी सम्पत्तिको मोह, कानुनमा लचकता, विवाद, शारीरिक असन्तुष्टि र मानसिक तनावलगायतले वैवाहिक जीवनमा फाटो आइरहेका छन्।  

‘विवाह भनेको नितान्त व्यक्तिगत कुरा हो,’ निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘वैवाहिक सम्बन्धमा एकले अर्कालाई विश्वास गर्ने वातावरण हुनुपर्छ। फिल्म सुटिङको लागि अभिनेता, अभिनेत्री, फिल्मकर्मी तथा प्राविधिकहरू घर बाहिर हुने अवस्थामा पार्टनरले एकले अर्कालाई विश्वास दिन सक्नुपर्ने हुन्छ वा गराउनुपर्ने हुन्छ। महत्वकांक्षा धेरै भएर वैवाहिक सम्बन्धभन्दा करिअरलाई प्राथमिकता दिने वा नदिने व्यक्तिगत धारण हो। अन्यथा वैवाहिक सम्बन्धमा आशंका र अविश्वास हुनसक्छ।’  

हलिउड तथा बलिउड फिल्म क्षेत्रमा आवद्ध फिल्मकर्मी तथा कलाकारको तुलनामा नेपाली फिल्म क्षेत्रमा सम्बन्ध–विच्छेदमा घटना कम छन्। गत वर्ष निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले तीन वर्षको वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका थिए। उनीहरूको विसं. २०७३ असार २९ मा विवाह गरेका थिए। अफसोच गत वर्षको सोही मितिमा तेस्रो वर्षगाँठ नमनाएर अभिनेत्री पोखरेलले आफू घरेलु हिंसामा परेको भन्दै काठमाडौं जिल्ला अदालतमा सम्बन्ध–विच्छेदको लागि मुद्दा दर्ता गरेकी थिइन्। ‘विवाह गरेर श्रीमान्को घरमा प्रवेश गरेको दिनदेखि मैले व्यक्तिगतभन्दा व्यवसायिक महोलमात्र महसुस गरिरहेंको थिएँ,’ अभिनेत्री शिल्पा पोखरेलले भनिन्, ‘नयाँ परिस्थितिमा घुममिल हुन समय लागेको होला भनेर परिवारको निम्ति केन्द्रित भइरहें। श्रीमान र श्रीमतीबीचको आत्मीयपनभन्दा अभिनेत्रीको रूपमामात्र मलाई लिइयो। मचाँहि श्रीमान् र उनको परिवारसँग निकट हुन भरपुर कोशिस गरिरहेको हुन्थें।’

विवाह भएको एक महिनापछि उनले घरेलु हिंसाको महसुस गरेको अनुभव सुनाइन्। ‘विवाह भएको एक महिनामा श्रीमानबाट घरेलु हिंसा र झगडा हुन थालेपछि सहनु अलावा केही गर्न नसकिने रहेछ,’ उनले भनिन्, ‘जति साहसी महिला भए पनि समाजसँग लड्न सकिएला तर विवाहपछि श्रीमानसँग सकिने रहेनछ। फेरि हामीबीच उमेरका कारण हुने मतभेद धेरै थिए।’  

विभिन्न किसिमका आरोप लगाउन सुरु गरेकोदेखि आशंका गर्ने प्रवृत्ति हावी भएको तर्क उनले गरिन्। ‘म खुसी भएर बाँच्न चाहेको हुँदा सम्बन्ध–विच्छेद रोजेकी थिएँ’, उनले भनिन्, ‘म धेरै रोएँ, धेरै सहे तर अहिले म स्वतन्त्र छु, करिअरप्रति केन्द्रित हुन सकिरहेको छु र जीवनप्रति सकारात्मक हुन लागिपरेको छु।’ उनी पछिल्लो समय भोजपुरी फिल्म र म्युजिक भिडियोहरूको सुटिङमा व्यस्त छिन्।  

यसअघि निर्माता ओझाले अभिनेत्री रेखा थापासँगसमेत सम्बन्ध–विच्छेद गरेका थिए। अभिनेता भुवन केसीले विजया केसी र सुस्मिता केसी, धीरज राई र छुल्ठिम गुरूङ, प्रियंका कार्की र रोचक मैनाली, शिव श्रेष्ठ र गंगा श्रेष्ठ, गौरी मल्ल र प्रज्वल भण्डारी, पूजा चन्द र सरोज चन्द, अञ्जु पन्त र मनोजराज र रामकृष्ण ढकाल र नीलम ढकाललगायतले वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका थिए। ‘विदेशको तुलनामा नेपाली मनोरञ्जन क्षेत्रमा सम्बन्ध–विच्छेदका घटना कम हुने गरेको छन्,’ निर्देशक लामा भन्छन्, ‘तै पनि कलाकारिता क्षेत्रमा आवद्धभन्दा आम मानिसले हिचकिचाहट महसुस गर्दछन्। ग्ल्यामर क्षेत्रमा आवद्ध मानिसहरू इमान्दार हुन्नन् भन्ने छाप नेपाली समाजमा परेको छ।’

प्रकाशित: १० पुस २०७७ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App