१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

कस्तो भो जिन्दगी जहिल्यै एक्लै हुनुपर्ने

मुक्तक

 सानु शर्मा 

 

  १)

आँसु रहेछ कैयौको जिन्दगी कैयौको हाँसो रहेछ,

जिउन जाने जिन्दगी अमूल्य नजाने गलपासो रहेछ ।

मुखले बोल्न नसक्ने भाव आँसुले व्यक्त गर्छन् कोही,

आँसु हाँसो,चोट खोट सबै जिन्दगीको नासो रहेछ।

 

    २)

मिठा सपना देखौ सबले जिन्दगी  सजाउने,

गरौ मेहनत आफ्नो  दुख आफैले  भजाउने ।

रुने हैन, आफू हाँसी सब्लाई हाँस्न सिकाऔ,

क्षामता होस् आफ्नो मनलाई आफै कजाउने।

 

  ३)

दुस्मनको अगाडि  मुस्कुराउने बानी मेरो,

मनभित्र छ दयाको विशाल खानी मेरो।

घाउचोटमा मलम लगाई आँसु पुछ्न सकूँ

दुखीलाई हसाउँन सके नहोला हानि मेरो।

 

 

  ४)

कस्तो भो जिन्दगी  जहिल्यै एक्लै हुनुपर्ने,

जन्मिदा एक्लै अनि पीडामा एक्लै रुनुपर्ने ।

लागेन मलाई दुखका दिनहरू कटाएँ अब,

थाह भो संघर्ष गर्दागर्दै आँसुले मुहार धुनुपर्ने ।

 

   ५)

जीवनमा कहिले निरास त कहिले उत्साह मिल्छ ,  

अमृत वचन मिठो हुन्छ, कटु वचन मुटुमा खिल्छ।

सोझालाई आपत – विपत पर्दा मन हुन्छ चिरैचिरा,

त्यसैले विरक्तिदा मान्छेले आँसुका ढिक्का निल्छ।

प्रकाशित: २८ मंसिर २०७७ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App