२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला

राजेश हमालको नाचबाट 'भूकम्प'

IMG_5333

काठमाडौं, फागुन २० (नागरिक) - अर्जुन कौशलको लोकपप एल्बम 'भूकम्प' सार्वजनिक गरिएको छ। राजधानीमा शनिबार आयोजित कार्यक्रममा अभिनेता राजेश हमाल एल्बम विमोचन गरेका हुन्।
कार्यक्रममा हमाल र अभिनेत्री सोनिया केसीले मोडलिङ गरेको म्युजिक भिडियो पनि देखाइएको थियो। कार्यक्रमका आयोजकले अभिनेता हमाललाई ढाका टोपी लगाइदिएका थिए। उनले संगीत बजार राम्रो नभएको अवस्थामा चुनौती बोकेर एल्बम निकालेका गायकलाई शुभकामना दिए।
संगीतमा गरेको लगानी फिर्ता नहुने बुझेरै पनि संगीतको आकर्षणले जोखिम उठाउन प्रेरित गरेको अर्जुनले बताए। 'स्रोताको साथ पाउने आशमा यो चुनौती उठाएको हुँ,' उनले भने।
यसअघि लोक दोहोरीका एल्बम बजारमा ल्याएका अर्जुनको यो ११ औं एल्बम हो।

प्रकाशित: २० फाल्गुन २०६९ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App