२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

पायल घोषविरुद्ध ऋचा चड्ढाको मानहानी मुद्दा, १.१ करोड माग

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाउने अभिनेत्री पायल घोष मानहानीको केसमा परेकी छन्। अभिनेत्री ऋचा चड्ढाले पायल घोषमाथि १.१ कोरोड भारतीय रुपैयाँ क्षतिपुर्ती माग गर्दै मानहानीको केस दर्ता गरेकी हुन्।

बम्बै हाईकोर्टले फैसलालाई सुरक्षित राख्दै ७ अक्टोवरमा सुनुवाई गर्ने बताएको छ। अदालतका अनुसार जसको विरुद्धमा केस गरिएको हो उनलाई नोटिस नदिएकोले अदालतमा उपस्थित हुन एक दिनको समय दिइएको छ।

पायलले अनुरागलाई यौन उत्पिडनको आरोप लगाउँदै केही अभिनेत्री अनुरागसँग काम गर्नका लागि जे पनि गर्न तयार भएको आरोप लगाएकी थिइन्। पायलले त्यसमा ऋचा चड्ढा, हामी गिल र हुमा कुरेसीको नाम लिएकि थिइन्। पायलको यस भनाईविरुद्ध ऋचाले मुद्दा दायर गरेकी हुन्।

 

प्रकाशित: २० आश्विन २०७७ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App