१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नायिका पायललाई बलात्कार गरेको आरोप लागेका अनुरागलाई प्रहरीले बाेलायाे, पक्राउ पर्ने सम्भावना

भारतीय नायिका पायल घोषले आफूलाई बलात्कार गरेको आरोप लगाएका चलचित्र निर्माता अनुराग कश्यपसँग अहिले मुम्बईमा प्रहरीले बयान लिइरहेको छ।  

बर्सोवास्थित प्रहरी कार्यालयमा सोधपुछ जारी रहेको र उनी पक्राउ पर्नसक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अभिनेत्री पायलले अनुरागविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरेकी छन्। अनुरागसँग सोधपुछ चलिरहेका बेला स्वास्थ्य परीक्षणका लागि पायललाई कुपर अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

आशा गर्छु, न्याय पाउनेछु : पायल घोष

पायल घोषले ट्विट गरेकी छन्, ‘अनुराग कश्यपलाई पत्र  पठाएको र बर्सोवा प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाएकामा धन्यवाद। आशा गर्छु, न्याय मिल्नेछ !!’

प्रकाशित: १५ आश्विन २०७७ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App