५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्ती सुनवाइ आज

सुशांत सिंह राजपूत आत्महत्या प्रकरण

फाइल तस्वीर

बलिउडका दिवगंत अभिनेता सुशांत सिंह राजपूतको ड्रग केसमा गिरफ्तार गरिएकी अभिनेत्री रिया चक्रवर्तीको जमानत याचिका उपर आज सुनुवाइ हुँदै छ । मादक पदार्थ नियंत्रण ब्यूरो (एनसीबी) ले अभिनेत्री रियालाई मंगलवार अदालतमा उपस्थित गराएको थियो । अदालतले अभिनेत्री  रियालाई एनडीपीएस एक्टको धारा १६ २० अनुसार दोषी ठहर गर्दै २२ सेप्टेम्बरसम्म अर्थात १४ दिन न्यायिक हिरासतमा पठाउने फैसला गरेको थियो । तर मंगलवार रात परसकेकाले उनलाई एनसीबीको लकअपमा राखिएको थियो । बुधवार बिहान सवा दस बजे एनसीबीले रियालाई भायखला जेल पठाइएको थियो ।

उनका वकील सतीश मानेशिंदेले बुधवार अदालतमा जमानत याचिका दायर गरेका हुन् जसमा आज सुनवाइ हुँदैछ ।

यस्तै उनका भाइ शौविकको जमानत उपर पनि बिहिबार स्पेशल कोर्टमा सुनुवाइ हुँदैछ । ड्रग्ससंग जोडिएको केसमा उनका भाइ शौविक र सैम्युएल मिरांडलाई एनसीबीले पहिलेनै  गिरफ्तार गरिसकेको छ ।

उता, अभिनेता सुशांत सिंह राजपूतका बुवा केके सिंहले मेडिकल काउंसिल अफ इंडियालाई पत्र लेख्दै आफ्ना छोराका मनोचिकित्सक डा. सुसान वाकरकाविरुद्ध उजुरी दिएका छन् । उक्त पत्रमा उनले सुशांतको चिकित्सा स्थिति सार्वजनिक गरेको आरोप लगायाका छन् । सिंहले  मेडिकल काउंसिल (प्रोफेशनल कंडक्ट एटिकेट एंड एथिक्स) रेगुलेशन, २००२ को ८.२ रेगुलेशनको आधारमा एक पंजीकृत चिकित्सक आफ्नो विरामीको गोपनीयतालाई भंग गर्न नसक्ने उल्लेख गरेका छन् ।

प्रकाशित: २५ भाद्र २०७७ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App