६ वैशाख २०८१ बिहीबार
कला

सुशान्त मृत्यु प्रकरणमा अर्काे ट्विस्ट : उनकै बहिनीविरुद्ध उजुरी

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा अर्काे ट्विस्ट भएको छ ।  

घटना अनुसन्धानका क्रममा मुम्बई प्रहरीले सोमबार राति सुशान्तकै बहिनी प्रियंका सिंहविरुद्ध उजुरी (एफआइआर) दर्ता गरेको हो ।  

समाचार एजेन्सी एएनआईका अनुसार सुशान्तकी बहिनी प्रियंका र दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डाक्टर तरुणकुमारलगायतविरुद्ध बान्द्रास्थित प्रहरी कार्यालयमा एफआईआर दर्ता गरिएको हो ।  

रियाले दिएको लिखित गुनासोबमोजिम उनीहरूविरुद्ध सुशान्तलाई आत्महत्याका लागि उक्साएको, धोका दिएको तथा षड्यन्त्र गरेको आरोपसहित एआइआर दर्ता गरिएको हो ।  

सोमबार रिया चक्रवर्तीले बन्द्रास्थित प्रहरी कार्यालयमा गएर सुशान्तकी बहिनी प्रियंका शाह र डाक्टर तरुणकुमार मिलेर सुशान्तलाई गलत औषधि खुवाइएको लिखित गुनासो पेस गरेकी थिइन् । जसमा रियाले गत जुन ८ का दिन सुशान्तले आफ्नी बहिनीसँग मोबाइलमा भएको मेसेज देखाएको र त्यसमा उनकी बहिनीले उनलाई केही औषधि खान कर गरेको उल्लेख गरेकी छन् ।  

त्यस क्रममा आफूले सुशान्तलाई डाक्टरले सिफारिस गरेका औषधि मात्र खान र बहिनी कुनै स्वास्थ्य विशेषज्ञ नभएकाले उनले भनेकाऔषधि नखान भनेर सम्झाएको रियाले उल्लेख गरेकी छन् ।  

सुशान्तकी बहिनी र डाक्टर तरुणकुमार मिलेर नक्कली प्रेस्क्रिप्सन बनाई उनलाई गलत औषधि दिएको रियाको आरोप छ ।  

यही विषयमा सुशान्तसँग आफ्नो विवाद भएको त्यही क्रममा सुशान्तले आफूलाई आफ्नो घर जान दबाब दिएको उनको भनाइ छ ।  

यस घटनामा सिबिआईबाहेक नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले पनि लागुऔषध कारोबार र प्रयोगसँग जोडेर अनुसन्धान गरिरहेको छ ।

यस क्रममा एनसिबीले रियाका भाइ शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक रहेका श्यामुअल मिरान्डासहित ९ जनालाई पक्राउ गरिसकेको छ ।  

यसैबीच सिबिआईले रिया चक्रवर्तीसँग पनि आज तेस्रोपटक बयान लिएको बिबिसी हिन्दीले जनाएको छ ।  

अभिनेता सुशान्त सिंह राजपुत गत जुन १५ तारिख मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका थिए।

प्रहरीले सुरुमा यसलाई आत्महत्या भने पनि सुशान्तका बुबाले शंका व्यक्त गर्दै घटना अनुसन्धान गर्न माग गर्दै उजुरी गरेपछि यसबारे अनुसन्धान भइरहेको हो ।  

प्रकाशित: २३ भाद्र २०७७ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App