८ वैशाख २०८१ शनिबार
कला

क्यानभासमा उज्याला अनुहारहरू

कलाकार कृष्ण मर्सानीको ‘बसिबियाँलो’

कलाकार कृष्ण मर्सानीले बनाएका मुहारचित्रहरू।

समाज परिवर्तन र विकासका लागि योगदान पु-याउनेहरू सधैं स्तुत्य हुन्छन्। हाम्रो समाजमा निजी स्वार्थ त्यागेर समुदायको हितमा काम गर्नेहरू निरन्तर सक्रिय छन्। विभिन्न पेशा र व्यवसायमा संलग्न प्रतिभाहरू योगदानको जीवन बाँच्दैछन्।  उनीहरूले आशा र उत्साहको दियो जगाएका छन्।  

धेरै छन् यस्ता सत्पात्रहरू। यहाँ कलाकार कृष्ण मर्सानीले बनाएका दश जनाको मुहारचित्र प्रस्तुत गरिएको छ। ती हुन्–संस्कृतिविद् सत्यमोहन जोशी, डाक्टर गोविन्द केसी, सामाजिक अभियन्ता महावीर पुन, न्यायमूर्ति सुशिला कार्की, संस्कृतिविद् जगमान गुरुङ, समाजसेवी अनुराधा कोइराला, जनगायक रामेश, डाक्टर भगवान कोइराला, भाषाविद् मुकुन्दशरण उपाध्याय र कलाकार मनिषा कोइराला।  

कलाकार कृष्ण मर्सानी

कलाकार मर्सानीले धेरै समाजसेवीका चित्र कोरिसकेका छन्। उनी हरेक बिहान एक जना सत्पात्रको मुहारचित्र बनाउँछन्। उनले आफ्नो ‘बसिबियाँलो’ श्रृङ्खलामा २८ मे २०१६ देखि नियमित मुहारचित्र बनाउन थालेका हुन्। शुक्रबारसम्म पन्ध्र सय उनान्चालिस जनाको मुहारचित्र बनाइसके। शुक्रबार उनले समाजसेवी बिमला राईको मुहारचित्र बनाए।  

आफूले बनाएका मुहारचित्र उनी फेसबुकको वालमा पोष्ट गर्छन्। त्यसमा सम्बन्धित व्यक्तिको छोटो चिनारी पनि राख्छन्।  

उनले कोरोना शान्त भएसँगै पोखरा र काठमाडौंमा मुहारचित्र प्रदर्शनी गर्ने योजना बनाएका छन्। साथै मुहारचित्रको संगालो पुस्तकका रुपमा प्रकाशन गर्ने तयारीमा जुटेका छन्।  

उनले बनाएका सबै मुहारचित्र पुस्तकमा अटाउने छैनन्। तर, यहाँ उल्लेख गरिएका व्यक्तित्वहरू भने पक्कै अटाउने छन्।  

पोखरामा बसेर कलाको साधना गरिरहेका कलाकार मर्सानीलाई धेरैधेरै शुभकामना!  

संस्कृतिविद् सत्यमोहन जोशी  
डाक्टर गोविन्द केसी
न्यायमूर्ति सुशिला कार्की
सामाजिक अभियन्ता महावीर पुन
समाजसेवी अनुराधा कोइराला
संस्कृतिविद् जगमान गुरुङ
गायक रामेश
डाक्टर भगवान कोइराला
भाषाविद् मुकुन्दशरण उपाध्याय
कलाकार मनिषा कोइराला

प्रकाशित: १२ भाद्र २०७७ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App