२३ फाल्गुन २०७७ आइतबार
कला

चोटहरूबाट खारिएकी नायिका

एसिड पीडितको कथा

कलाकार मनिषा साहले बनाएको एसिड आक्रमणविरुद्ध जनचेतना जगाउने चित्र। <div><br></div>

हरेक विहान शोभा झ्यालबाट बाहिर हेर्छिन्। स्वच्छ हावामा सास फेर्छिन् र सुनसान प्रकृतिलाई नियाल्छिन्। अनि आफू हिँडेको बाटो हेर्छिन्। हेर्दाहेर्दै साथीहरूलाई सम्झेर भक्कानो फुट्छ। धुरुधुरु रुन्छिन्। त्यहाँ उनको रुवाइ सुन्ने कोही हुँदैन, न उनलाई सान्त्वना दिने नै कोही हुन्छ। त्यहाँ छ त कहिल्यै नमेटिने चोट र दाग जसलाई उनले जिन्दगीभर बोकेर हिँड्नु पर्नेछ।    

कुनै बेलाकी गुडियाजस्ती शोभा सबैको आकर्षण केन्द्र थिइन्। तर, आज पिँजडाको पन्छी भएकी छिन्। बेलाबेलामा निराश बन्छिन्। आफूलाई जिउँदो लाससँग तुलना गर्छिन्। एक्लै हाँस्छिन्। एक्लै रुन्छिन्।  

कहिलेकाहीं त्यो कालो दिनलाई बिर्सेर सपनाको संसारमा हराउन पुग्छिन्।  

उनी स्कूल पढ्दै थिइन, किशोर उमेरमा मायाको काउकुती लाग्यो। त्यहीबेला रुपकको मायामा चुर्लुम्म डुबिन्। रुपक स्कूल नजिकैको फर्निचरमा काम गथ्र्यो। अपरिपक्व उमेरमा बसेको मायामा आत्मीयता, विश्वास र भरोसाभन्दा पनि बासना थियो।  

शोभा बिस्तारै उसको मायामा पागल भइन्। अब उनी साथीहरूले भनेको नमान्ने र सम्झाउँदा पनि झर्किने गर्न थालिन्। पछिल्ला दिनमा साथीहरूसँग बोल्नै छाडिन्। साथीहरू उनबाट टाढिँदै गए।  

किशोरी उमेरमा शोभालाई मायाको काउकुती लाग्यो। त्यहिबेला रुपकको मायामा चुर्लुम्म डुबिन् । रुपक स्कूल नजिकैको फर्निचरमा काम गथ्र्यो। अपरिपक्व उमेरमा बसेको मायामा आत्मीयता, विश्वास र भरोसाभन्दा पनि बासना थियो।  

उनको स्कुल आउनेक्रम पातलिन थाल्यो। पढाइ पनि बिग्रँदै गयो। यसले उनको परिवारमा चिन्ता थप्यो। उनीहरूले शोभालाई सम्झाईबुझाई गरे। तर उनको आनीबानीमा कुनै परिवर्तन आएन। बरु उनको अवस्था झन्झन् बिग्रंदै गयो।  

शोभा र रुपक एकअर्काविना बाँच्नै नसक्ने जस्तो गर्नथाले। उनीहरू कल्पनाको संसारमा उड्थे। मायाको डोरीमा जेलिएर सुन्दर जीवनको कल्पनामा डुब्थे।  

शोभाले जेनतेन ९ कक्षाको परीक्षा दिइन्। परीक्षापछिको छुट्टीको बेलामा शोभा र रुपक घर छाडेर भागे। उनी नाबालिग भएकाले उनको परिवारले पुलिसमा शोभा हराएको निवेदन दियो।  

प्रहरी प्रशासनबाट पनि खासै सहयोग मिलेन किनभने शोभा र रुपकले आफूहरू राजीखुसीले भागेको र हामीलाई नखोज्नु भनेर पुलिसलाई भनेका रहेछन्। उनीहरूले ‘हामी जहाँ छौं, सुखी छौं’ भनेर बयान दिएछन्।  

शोभाको परिवारले धेरै खोज्यो तर केही सीप लागेन। अन्त्यमा परिवारले सधैंका लागि शोभालाई माया मा¥यो। घरको ढोका बन्द गरिदियो।  

समय बित्दै गयो, शोभाको जीवनमा आँधी आयो। एकपछि अर्को नसोचेका घटना हुँदै गए। कुनै बेला ‘तिमी मेरी सपनाकी रानी, म तिमी विना वाँच्नै सक्दिन’ भन्ने रुपक शोभालाई मर्ने गरी पिट्न थाल्यो।

समय बित्दै गयो, शोभाको जीवनमा आँधी आयो। एकपछि अर्को नसोचेका घटना हुँदै गए। कुनै बेला ‘तिमी मेरी सपनाकी रानी, म तिमीबिना बाँच्नै सक्दिन’ भन्ने रुपक शोभालाई मर्ने गरी पिट्न थाल्यो। राति कोठाबाट बाहिर निकाल्ने अनि मान्छेका सामु मुख छाड्ने गर्न थाल्यो।  

विचरी सोझी, कलिली शोभाको शरीरभरि नीलडाम हुन्थ्यो। उनी बिरानो भूगोलमा एक्लै रुपकको प्रतिकार गरिरहिन्। अति भएपछि उनलाई लाग्यो, ‘अब यसले बाँच्न दिँदैन।’ त्यसैले उनले परिवारका सदस्यलाई फोन गरिन् तर कसैले फोन उठाएन। दुर्भाग्य, उनको अवस्था कसैले बुझ्न चाहेनन्।  

कसैका कुरा नसुनी ‘मेरो संसारै रुपक हो, अरू कोही चाहिँदैन’ भनेर हिँडेको सम्झिन्। परिवारलाई के थाहा कति यातना भोग्दै छिन् उनी? आखिर अल्लारे उमेरमा मायाको तलाउमा पौडी खेल्दा समस्याको पहाडले थिच्यो उनलाई।

‘म कस्ती अभागी आमा, सन्तानको आगमनमा दुःखी र मनासिक रूपमा विक्षिप्त छु। अब फेरि मैले यस सन्तानको बाउ भनेर कसलाई देखाऊँ किनकि म त शंकैशंकाको घेरामा बाँधिएर पलपल आरोपित जीवन जिउँदै छु। मेरा लागि यो भन्दा ठूलो कलंकको दाग अरू के हुन सक्छ?’

समयसँगै उनको जीवन मोडियो। पेटमा गर्भ रहेको संकेत मिलेसँगै उनी चिच्याइन्। कराइन्। विलौना गरिन, ‘मेरो दुर्भाग्य मलाई यो सन्तान चाहिँदैन।’  

विक्षिप्ति भएर उनी आफैंसँग मनोवाद गर्न थालिन्, ‘म कस्ती अभागी आमा, सन्तानको आगमनमा दुःखी र मनासिक रूपमा विक्षिप्त छु। म राम्री हुनुमा मेरो के दोष? अनि त्यही सुन्दरतामा मोहित भएर मलाई भगायो रुपकले। तर, आज मेरो यही सुन्दरता अभिशाप बन्यो। प्रत्येक दिन मेरो अंगअंगको परीक्षण हुन्छ। अब फेरि मैले यस सन्तानको बाउ भनेर कसलाई देखाऊँ किनकि म त शंकशंकाको घेरामा बाँधिएर पलपल आरोपित जीवन जिउँदैछु। मेरा लागि योभन्दा ठूलो कलंकको दाग अरू के हुन सक्छ?’

यातनाको शृङ्खला चलिरह्यो। चुनौती त बल्ल सुरु भयो। उनले नौ महिनापछि आफूभन्दा राम्री छोरी जन्माइन्। तर, रुपकको व्यावहारमा परिवर्तन आएन। बिहानबेलुकीको खानाको जेनतेन व्यवस्था गरेर ऊ कहिले घर आउने कहिले नआउने गर्न थाल्यो।  

उसको यस्तो बानीले गर्दा शोभालाई पिटाइ खाँदाभन्दा पनि धेरै पीडा हुन थाल्यो। यसरी उनीहरूबीचको सम्बन्ध झन् बिग्रन थाल्यो। रुपक कोठामा आएर भन्थ्यो, ‘म नहुँदा तँलाई भेट्न यहाँ को आउँछ ?’  

जसलाई आफ्नो भगवान् सम्झेर परिवार छाडेर आइन्। उसैले बात लगाएपछि शोभाको मन धुरुधुरु रुन्थ्यो।  

सहनुको पनि सीमा हुन्छ! एक दिन शोभाले कोठामा ताल्चा लगाएर घरबेटीलाई साँचो जिम्मा दिइन् र अब कहिल्यै फर्किन्न भन्दै छोरी बोकेर हिँडिन्।  

उनका लागि दिउँसै रात प¥यो। जीवनमा कहिलेकाहीं गन्तव्यविनाको यात्रा गर्नु पर्दोरहेछ! कहाँ जाने, के गर्ने केही थाहा थिएन। मनमा कुरा खेलाउँदा खेलाउँदै उनले झल्याँस्स अनिता दिदीलाई सम्झिइन्।  

‘हेल्लो दिदी ! म शोभा’, उनले भनिन्।

‘ए आज कहाँवाट सम्झियौ ?’, उताबाट सोधनी भयो।  

‘दिदी तपाइँसँग धेरै कुरा गर्नुछ, कोठामै आउँ?, उनले अनुमति मागिन्।  

‘आऊ न त’, अनिताले सहजै भनिन्।  

शोभाले लामो श्वास फेरिन्। आजको गन्तव्यको त टुंगो लाग्यो, भोलिदेखि कहाँ जाने होला? अठार महिने शिशुलाई लिएर कसरी काममा जाने होला? फेरि कामै पो के पाइएला र? मनभरि प्रश्नोत्तर गर्दै उनी दिदीको कोठामा पुगिन्।  

उनले अनितालाई आफ्नो व्यथा सुनाइन्। दिदीकै भरोसामा बाँकी जीवन बिताउने अठोट गरिन्। केहि दिनपछि दिदीले एउटा स्कूलमा सरसफाइ सहयोगीको काम खोजी दिइन्।  

एक्कासि रुपक अगाडी आएर वाटो छेक्यो ‘तँलाई तेरो रूपको घमण्ड छ हैन आज म तेरो यो घमण्डलाई सधैंैका लागि समाप्त पारिदिन्छु।’ यति भनिसक्दा नसक्दै उनले मुखमा पानीको छिटा परे जस्तो अनुभव गरिन्। त्यसपछि के भयो केही चालै पाइनन्।  

शोभाले रुपकको फोन नम्बर ब्लक गरिदिएकी थिइन्। कुनै अपरिचित नम्बरबाट फोन आएमा मोबाइल फोन उठाउँदिनथिन्। कताकताबाट उनले काम गर्ने ठाउँ पत्ता लगाएर रुपेकले फोनबाटै म्यामलाई उनको वास्तविकता बताइदिएछ।  

एकदिन म्यामले अफिसमा बोलाएर शोभाको जीवनकथा सोधिन्।  

‘म्याम, मलाई कामबाट ननिकाल्नुस् म सबै कुरा बताउँछु’, आत्तिदै शोभाले सबै कुरा सुनाइन्।  

म्यामले उनलाई सान्त्वना दिँदै निरन्तर काम गर्न प्रेरणा दिइन्। बेलाबेलामा स्कुलमा रुपकको फोन आउन थाल्यो। शोभालाई अब त्यहाँ पनि काम गर्न गाह्रो हुन थाल्यो। उनले छोरीलाई कसैको साथमा छाडेर विदेश उड्ने योजना बनाइन्।  

उनी म्यानपावर कम्पनीमा धाउन थालिन्। त्यहाँ उनको एक युवकसँग परिचय भयो। काम परेका बेला उनी तिनै युवकसँग लिफ्ट मागेर मोटरसाइकलमा जान्थिन्। यो कुरा रुपकले जासुस गर्नेक्रममा देख्यो। उसले शोभालाई फोन गरेर धम्क्याउन थाल्यो।  

यसरी नै केही महिना बिते। एकदिनको कुरा हो, शोभा सधैंझैं साँझमा तरकारी किनेर डेरामा फर्कंदै थिइन्। एक्कासि रुपक अगाडि आएर बाटो छेक्यो र भन्यो, ‘तँलाई तेरो रुपको घमण्ड छ हैन आज म तेरो यो घमण्डलाई सधैंैका लागि समाप्त पारिदिन्छु। अनि बाइकको पछाडि बसेर हिँडेको हेर्छु।’ यति भनिसक्दा नसक्दै उनले मुखमा पानीको छिटा परेजस्तो महसुस गरिन्। त्यसपछि के भयो केही चालै पाइनन्।  

होस आउँदा उनी हस्पिटलको बेडमा थिइन्। भगवान समान आमा र बाबा छेउमा बसेको देखिन। उनका आँखामा विगतका दिनहरू झलझली आए। अनि आफूले गरेको गल्तीले भतभती पोल्न थाल्यो। उनी हस्पिटलको कोठा नै थर्कने गरी चिच्याएर रुन थालिन्। आमाको अँगालोमा बाँधिएर माफ माग्दै आफ्नो दर्दनाक भोगाइ सुनाइन्।  

आमाबाबा पनि भावविह्वल भएर भक्कानिए। जति नै ठूलो गल्ती गरे पनि आमाबाबालाई सन्तानको मायाभन्दा ठूलो केही हुँदैन। र, सन्तानका लागि पनि आमाबाबाभन्दा माया गर्ने अरू कोही हुनै सक्दैन।  

दुई महिनासम्म आमाबाबा हस्पिटलमै बसेर शोभाको हेरहचाह गरे। आफू एक्लै दुःख गरेर खान्छु भन्दा पनि सुरक्षित भएर बाँच्न नपाइने कस्तो विडम्वना आफैंले रोजेको र माया गरेको मान्छेबाट यस्तो आक्रमण होला भन्ने उनले सपनामा पनि चिताएकी थिइनन्।  

विभिन्न संघसंस्था, सहयोगी हात र मनहरूको आर्थिक सहयोगले गर्दा उनको उपचार सजिलो भयो। अब उनका लागि कुन बार, दिन, रात, महिना केहीको चासो भएन। समय बित्दै गयो उनको कुनै इच्छा, आशा र अभिलाशा बाँकी रहेन। कहिलेकाहीँ बच्चालाई भेट्ने कुरा गर्थिन र गुडियालाई अंगालो हालेर म्वाइँ खाँदै बेहोसीमा वार्तालाप गर्थिन्।  

कहिले एक्लै बरबराउँथिन। कहिले रुन्थिन। कहिले हाँस्थिन र गुडियालाई च्यापेर निदाउँथिन।

हस्पिटलले विदा दिने दिन आयो। शोभाको मानसिक अवस्था र तुरुन्त घरमा लाँदा समाजको प्रतिक्रियाले पार्ने असरलाई ध्यान दिँदै यस्तै पीडितहरूसँग काम गर्ने संस्थामा राखिदिन अनुरोध गरियो। उक्त संस्थाले खाने, बस्ने र बाँकी उपचार पनि गरिदिने व्यवस्था मिलाइदियो। शोभा उक्त संस्थामा एक महिना बसिन्। त्यसपछि उनलाई आमाबाबाले घरमा लगे।  

अचेल उनी किशोरकिशोरीका लागि उदाहरण बनेकी छिन्। मन र मुटु दरो बनाएकी छिन्। मनमा हिम्मत बढाएकी छन्। त्यसैले आफूलाई संरक्षण दिने संस्थामा आबद्व भएर एसिड आक्रमण विरुद्वको अभियानमा होमिएकी छिन्।

उनी घरभित्रै बस्न थालिन्। घरमा पाहुना आउँदा ढोकामा चुकुल लगाएर कोठामा बस्थिन्। उनलाई कसैसंग भेट्न र कुरा गर्न मनै भएन। विगतलाई सम्झेर एक्लै रुने, टोलाउने र बच्चालाई सम्झिने गर्थिन।  

हस्पिटल जाँदाबाहेक उनी कहिल्यै पनि घरबाट बाहिर निस्किनन्। उनको यस्तो अवस्थाबाट कायल भएका आमाबाबाले अब उनलाई हप्तामा दुई पटक उनी बसेको संस्थामा लैजान थाले। त्यहाँ मनोविद्को सहयोग पाएर बिस्तारै उनको मानसिक स्वास्थ्यमा सुधार आयो। उनले त्यहाँ आफूजस्तै पीडितहरूका कथा सुन्दासुन्दै बिस्तारै आफ्नै कथा ओझेल पर्न थाल्यो।  

पीडा जति बाँड्यो उति मन हलुका हुन्छ भनेझैं शोभा पनि बिस्तारै आफैं संस्थामा आउने र जाने गर्न थालिन्। उनी संस्थाले आयोजना गरेका सचेतनासम्बन्धी कार्यक्रमहरूमा सहभागी हुने तथा पीडितसँग कुरा गर्न थालिन्। यसले उनमा आत्मविश्वास बढायो। उनको मनमा ‘अब मैले केही गर्नुपर्छ’ भन्ने भावना जागृत भयो।  

सक्रिय सहभागिता र केही गर्छु भन्ने दृढ संकल्पले गर्दा शोभामा आँट र साहस भरिँदै आयो। अचेल उनी विभिन्न मञ्चमा गएर आफ्ना भोगाइहरू बाँड्छिन्। सबैलाई सजग बनाउँछिन् र निडर भएर अघि बढ्न हौसला दिन्छिन्।  

उनी किशोरकिशोरीका लागि सचेतना कार्यक्रमहरूमा अनुभव बाँड्छिन्। उनी समाजमा उदाहरण बनेकी छिन्। अचेल मन र मुटु दरो बनाएकी छिन्। मनमा हिम्मत बढाएकी छन्। त्यसैले आफूलाई संरक्षण दिने संस्थामा आबद्व भएर एसिड आक्रमण विरुद्वको अभियानमा होमिएकी छिन्। एसिड आक्रमण विरुद्धको अभियानकी नायिका बनेकी छिन्।  

शोभाको अर्को एउटै माग छ, एसिड आक्रमण गर्ने कुनै पनि अपराधीलाई आजीवन कारावासको सजाय दिइनु पर्छ। विडम्बना ! अहिलेको कानुनी सजाय फितलो छ।  

जिन्दगीका चोटहरूसँग खारिँदै जाँदा उनी यति साहसी भइन् कि आज उनलाई मान्छेले हेर्न नजरको कुनै मतलव छैन। आफूले भोगेको शारीरिक, मानसिक र मनोपीडाभन्दा ठूलो अर्को कुनै पीडा छैन। शरीरका दागले बेलाबेलामा उनलाई आक्रोशित बनाउँछ। लगत्तै सजग बन्छिन् कि दैत्यलाई समाप्त पार्न देवता बन्नु पर्छ।  

मान्छेको मन न हो, बेलाबेलामा चुलबुल भइरहन्छ। उनी दिनभर मानिससँग भेटघाट गर्छिन्। काममा हराउँछिन्। जब आफ्ना शरीरका दागहरूमा नजर पर्छ तब त्यही दर्दनाक घटना सम्झिन्छिन्। हस्पिटलको बेडमा सुतिरहेका बेला एसिडले गलाएर खसेका ती मासुका चोक्टा सम्झिन्छिन् अनि एकछिन काम छाडेर बाहिर जान्छिन्। आँसुसँगै ती चोटहरूलाई बगाउँछिन्।  

उनी नरोएको रातै हुँदैन। अझ सडकमा स्कूले केटाकेटी प्रेमिप्रेमिका भएर हिँडेको देख्दा आफ्नै कथाको याद आउँछ। एकछिन मौन बस्छिन्। झसँग हुँदा अनुहारभरि चिटचिट पसीना हुन्छ।  

उनी बेलाबेलामा छोरीलाई भेट्न जान्छिन् र दुःखी बनेर आउँछिन्। अब उनको एउटै मात्र सपना छ–दिगो काममा लाग्ने र छोरीलाई संस्थाबाट निकालेर राम्रो ठाउँमा पढाउने।  

शोभाको अर्को एउटै माग छ, एसिड आक्रमण गर्ने कुनै पनि अपराधीलाई आजीवन कारावासको सजाय दिइनु पर्छ। विडम्बना ! अहिलेको कानुनी सजाय फितलो छ।  

छोरीको जीवन स˚लतातिर उकालिँदै गर्दा उनका आमाबाबा हर्षित् छन्। तैपनि मनमा फेरि त्यो दोषी जेलबाट छुटेर आएपछि शोभालाई केही गर्छ कि भन्ने डर र चिन्ता मनमा भइरहन्छ।  

हिजोआज शोभा आफ्नै आमाबाबासँग बस्छिन्। उनकी छोरी संस्थामा सुरक्षित छिन्। रुपकचाहिँ झ्यालखानामा दिन गन्दैछ। 

प्रकाशित: ८ भाद्र २०७७ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App