२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जन्मदिनमा दीपाश्रीले रुँदै राजेश हमालका फ्यानसँग माफी मागिन् (भिडियो)

कलाकार एवं निर्देशक दीपाश्री निरौलोको आज भदौ ७ गते जन्मदिन हो । यस अवसरमा उनले फेसबुकमा अत्यन्त भावुक भिडियो अपलोड गर्दै अभिनेता राजेश हमालबारे गरेको टिप्पणीप्रति ठूलो पश्चाताप व्यक्त गरेकी छन् ।  

 

यो पनि पढ्नुहोस्

दीपा र मलाई ‘लखेट्ने’ काम भइरहेको छ : दीपकराज गिरी

 

त्यति मात्र होइन, उनले आफूभन्दा सिनियर कलाकारका विषयमा टिप्पणी गरेर ठूलो भूल गरेको भन्दै रोएरै राजेश हमालका फ्यानसँग फेरि एकपटक माफीसमेत मागेकी छन् ।  

 

यो पनि पढ्नुहोस्

दीपाश्री निरौला छोरी भएर जन्मिनु नै गल्ती : केकी अधिकारी

 

‘हुन त त्यो कुराहरू नगर्दा पनि हुन्थ्यो होला अब, तर पनि मलाई के लाग्यो भने, पछिल्ला दिनहरूले के सम्झायो भने समस्याबाट भाग्नुभन्दा समस्यालाई व्यवस्थापन गर्नुचाहिँ ठूलो कुरा हो, त्यो फिल भएर आज म फेसबुकमा आएको छु,’ भिडियोमा रुँदै हमालका फ्यानलाई उनले भनेकी छन्, ‘मेरो अभिव्यक्तिले यहाँहरूको मन दुखेको छ भने प्लिज, आफ्नै दिदीबहिनी सम्झेर मलाई माफी दिनुहोला ।’

सुरुमा उनले स्टाटस लेखेकी छन्– ‘नमस्कार ! आज भाद्र ७ गते , मेरो जन्मदिन । धेरै दिनदेखि तपाईंहरूबाट अलि टाढा थिएँ । त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु । आज गते पनि ७ ,तपाईंहरूसँग पनि सातै मिनेट मागें है ।’

हेर्नुहाेस्, भिडियाे-

प्रकाशित: ७ भाद्र २०७७ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App