१६ चैत्र २०८० शुक्रबार
कला

विनोद नेपालका पाँच मुक्तक

मुक्तक

विनोद नेपाल

१.

कहिले आकाश,कहिले बादल हुनुपर्छ

कहिले नयन, कहिले गाजल हुनुपर्छ

के हुंदैन जिन्दगी जिउने बाध्यतामा यहां

कहिले ठोक्छ नियतिले,मादल हुनुपर्छ।

२.

मौकामा नफुट्ने हीराको के काम

मौकामा नजुट्ने आफन्त के काम

भो,नगर अनुहार मिलाउने कष्ट,

हृदय नहाँस्ने मुस्कानको के काम?

३.

कोही फूल हेर्छन्, म पात हेर्छु  

कोही जून हेर्छन्, म रात हेर्छु

कहाँ रहन्छ, सधै यो अंध्यारो

भोलिको सुनौलो प्रभात हेर्छु।

४.

नहुने केही छैन यहाँ, आँट्नु मात्र पर्छ

बेइमानीसँग आफूलाई साट्नु मात्र पर्छ

बिर्सेर नैतिकता,ईमान अनि लोकलाज

निर्लज्ज भई आफैलाई,ढाँट्नु मात्र पर्छ ।  

५.

छाता उघ्रन्छ र पो झरीको महत्व हुन्छ

पानी वहन्छ र पो नदीको महत्व हुन्छ

नसम्झ, मै मात्र सबथोक हुँ र पूर्ण छु,

समय दिन्छ र पो घडीको महत्व हुन्छ।

प्रकाशित: ३१ श्रावण २०७७ १५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App