१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

क्यानभासभित्रको एक वृत्तचित्र

कविता

 प्रेम राई परीक्षित

 

डार्बिनको विकासको सिद्धान्त

क्यानभासमा उतार्छु

सिन्धु मिश्र अनि हरप्पाहरू

रङ्गभित्र खोज्छु

रङ्गहरु छ्याप्छु क्यानभासमा

चित्रहरू विचित्र भएका छन्

रङ्गहरू बेरङ्गका भएका छन्

रङ्गहरू बेढङ्गका भएका छन

अब्स्ट्र्याक्ट चित्र  

अब्स्ट्र्याक्ट सभ्यता

अब्स्ट्र्याक्ट मान्छे

बुझ्दिन म मान्छे  

रौ हराएको राम्रो मान्छे

पुच्छर हराएको परिष्कृत आधुनिक मान्छे

सिङ हराएको सुसन्स्कृत मान्छे

पलाएको छ ऊभित्र  

अविश्वास र अराजक्ताका रङहरू

असहिष्णुता र आडम्बरीका सिङहरू

अहङ्कार र अकर्मण्यताका काला रौहरू

अँह बुझ्दिन रङभित्रका बेरङ्हरू

अँह बुझ्दिन म सभ्यता

अँह बुझ्दिन क्यानभासमा असरल्ल  

अर्ध अब्स्ट्र्याक्ट मान्छेहरू

स्केचभित्र अनि बाहिर

रुपान्तरित भएको छ आधुनिक मान्छे  

आदिम मान्छेमा

रूपान्तरित भएको छ आधुनिक मान्छे  

कुरुपता पोतेर अमान्छेमा

हरप्पा तीन छक्क पर्छ

सिन्धु र मेसोपोटामिया ट्वाल्ल पर्छ

डार्विनको मानव सभ्यता रनभुल्ल पर्छ

सेता क्यानभासको वृत्तचित्रभित्र

प्रकाशित: २९ श्रावण २०७७ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App