१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भारतका अभिनेता सञ्जय दत्त अस्पताल भर्ना

फाइल तस्बिर : अभिनेता सञ्जय दत्त

भारतका अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् ।

सास लिन अप्ठेरा महसुस भएपछि ६१ वर्षीय दत्त शनिबार राति मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना भएका हुन् ।  

भारतीय पत्रिका भास्कर दैनिकका अनुसार अहिले उनको स्वास्थ्य स्थिर रहेको चिकित्सकले बताएका छन् ।  

अस्पताल पुगेलगत्तै उनको कोरोना परीक्षण गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएको छ । तर शरीरमा अक्सिजनको मात्रा कम देखिएकाले अभिनेता दत्तलाई आइसियु वार्डमा राखिएको छ ।  

सञ्जय दत्तले ट्विट गर्दै आफ्नो स्वास्थ्य अवस्था अहिले ठीक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘म सबैलाई भन्न चाहन्छु कि म एकदम ठीक छु । तर म चिकित्सकको निगरानीमा छु । मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । लीलावती अस्पतालका डाक्टर, नर्स र कर्मचारीको मद्दतले म ए वा दुई दिनभित्रमा घर फर्किनेछु । तपाईंहरू सबैको शुभकामना र आशीर्वादका लागि धन्यवाद ।’

अभिनेता दत्त मुम्बईमा अहिले एक्लै बसिरहेका छन् । उनका पत्नी र दुई सन्तान लकडाउनका कारण दुबईमै छन् । तर फोन तथा सामाजिक सञ्जालमार्फत उनीहरूसँग दत्तको सम्पर्क भइरहेको छ ।  

प्रकाशित: २५ श्रावण २०७७ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App