८ वैशाख २०८१ शनिबार
कला

मनोचिकित्सकको संसारको कथा

पुस्तक

मानसिक रोग आज संसारमा प्रकोपको रूपमा फैलँदो छ। जनसंख्याको ३० प्रतिशत नेपाली यस प्रकारको रोगबाट पीडित छन्। तर, सरकारले मानसिक चिकित्सालाई प्राथमिकतामा राख्न सकेको छैन।  

वातावरणीय विनाश, नयाँ प्रकारको सभ्यताको विकासले ल्याएको सकस, अमिल्दो जीवनशैली र चिन्ता–निराशाले मानिसलाई मानसिक रोगी बनाएको छ। मानसिक रोगका आन्तरिक कारणमा आनुवंशिक, जैविक र स्नायुगत गडबडी पनि प्रमुख रूपमा छन्। मानिसको जीवनलाई नै समाप्त पार्न सक्ने कडा खालका मानसिक रोगहरूको अझै पनि वैज्ञानिक निदान हुन सकेको छैन। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार मानसिक रोग १३ प्रतिशत स्वास्थ्य बोझ हो।  

यसै क्रममा नेपालका मनोचिकित्सक डा. विश्वबन्धु शर्माको कृति ‘मान्छेको मन’ प्रकाशन भएको छ। आफ्नो दशकौँ लामो मानसिक चिकित्साको अनुभवलाई लिपिबद्ध गरिएको यो पुस्तक डा. शर्माको आत्मजीवनी पनि हो। विशेषगरी आधुनिक कालखण्डमा सुरु भएको नेपालको मनोरोग चिकित्साको इतिहास र अवस्थालाई यो पुस्तकले बुझ्न मद्दत पु-याउँछ। सिजोफ्रेनियाका बिरामीको प्रसंग बारम्बार पुस्तकमा आइरहन्छ। मनोचिकित्सक युजिन ब्लुलियरले पत्ता लगाएको सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो। चार प्रकारको हुने यो रोगमा बिरामीलाई विभ्रम, डर, दुश्चिन्ता, नभएको आवाज सुन्ने र दृश्य देख्नेजस्ता लक्षण हुन्छन्। विश्वको हरेका समाजमा पाइने यो रोगको उपचार हुन्छ भने पूर्ण रूपमा निको हुन सक्दैन। डा. शर्माले यही सिजोफ्रेनियाबाट ग्रस्त कैयौँ रोगीको उपचारका क्रममा आफूले सँगालेका अनुभव पस्किएका छन्। कतिपय बिरामी घरै छाडेर हिँडेका छन्। कतिपयले आत्महत्यासम्म गर्छन्। विषादका बिरामीको आफ्नै कथा छ भने बाइपोलरका बिरामीको दुःखदायी मनस्थितिको चित्रण पनि गर्छन्। मध्ययुगमा मानसिक रोगीलाई धार्मिक दृष्टिकोणले हेरिन्थ्यो। दानवले आत्मा कब्जा जमाएपछि व्यक्ति मानसिक बिरामी हुन्छ भन्ने भ्रम थियो। प्रसिद्ध फ्रान्सेली विचारक मिसेल फुकोले सभ्यता र पागलपन भन्ने पुस्तकमा १२औँ र १९औँ शताब्दीमा फ्रान्सका मानसिक रोगीलाई कसरी राखिन्थ्यो र उपचार गन्थ्यिो भन्ने विवरण दिएका छन्। उनका अनुसार मानसिक रोगीहरुलाई बन्दीगृहमा कैद गराइन्थ्यो। उनीहरूलाई अमानवीय ढंगले व्यवहार गरिन्थ्यो। र ‘अन्य’ वर्गमा रूपान्तरित गरिन्थ्यो। सन् १९५० यता विश्वमा मानसिक रोगका नयाँ औषधि पत्ता लागेपछि यसको आधुनिक ढंगले उपचार सुरु भएको हो। वैज्ञानिक अनुसन्धानले आज मानसिक रोग ब्लडप्रेसर र चिनीरोग जस्तै शारीरिक रोग बनेको छ। मानसिक रोगका बारेमा अझ पनि समाजमा भ्रम छन्, जसका बारेमा डा. शर्माले पुस्तकमा लेखेका हुन्।  

शर्माका अनुसार नियमित चिकित्सकको सम्पर्कमा औषधि सेवन गरे र जीवनशैली सन्तुलित बनाएमा यस रोगका उपचार सम्भव छ। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार २२ लाख नेपाली कुनै न कुनै प्रकारका मानसिक रोगबाट पीडित भेटिन्छन्। सरकारले जसका लागि ४.२९ प्रतिशत बजेट २०१८÷२०१९ का लागि छुट्ट्याएको थियो। नेपालका ३० प्रतिशत जनसंख्या मानसिक रोगबाट पीडित हुँदा ९० प्रतिशतलाई उपचारसम्म पहुँच छैन। जसका लागि दुई प्रतिशत डाक्टर र नर्स कार्यरत छन्। नेपालमा एक सय ३० मानसिक चिकित्सक छन्। जसमा ३० जना मात्रै सरकारी अस्पतालमा कार्यरत हुन्। यसले नेपालमा मानसिक रोग चिकित्साको दयनीय अवस्था देखाउँछ। चिकित्साका लागि मानवीय स्रोत आर्थिक लगानी र क्लिनिकको अभाव देखिन्छ। रुसबाट मानसिक चिकित्सामा डिग्री हासिल गरेका डा. शर्मा जागिरे जीवन र स्वतन्त्र अभ्यासमार्फत नेपालमा मानसिक चिकित्सा गर्दै आएका छन्। उनको अनुभवको यो पुस्तकले मानसिक रोग साहित्यमा योगदान गरेको छ। नेपालजस्तो अन्धविश्वासी अविकसित र कृषिप्रधान समाजमा मानसिक चिकित्सकको रूपमा कार्यरत डा. शर्माको अनुभव पक्कै पनि पश्चिमी परिवेशका डाक्टरको भन्दा भिन्न र मौलिक छ। विश्वमा हरेक वर्ष बढ्दो यस रोगका बारेमा अझै पनि जनसमुदाय सुसूचित छैन। न्यायाधीशदेखि सर्वसाधारणसम्मका उपचार गरेका उनले कतिपय मानसिक रोगी सडकमै बेवारिसे भएको पनि देखेका छन्। विगत ३८ वर्षदेखि नेपालीको मानसिक उपचारमा संलग्न डा. शर्माको अनुभवबाट भविष्यका मानसिक रोग चिकित्सकले सिक्न सक्छन् भने मानसिक रोगका पीडितले यो पुस्तकबाट धेरै शिक्षा लिन सक्छन्। मानसिक रोग लाग्दैमा जीवन सकिँदैन भन्ने सन्देश उनले पुस्तकमार्फत दिएका छन्। अझै पनि मानसिक रोगलाई धामीझाँक्रीको झारफुकमार्पmत उपचार गराउने चलन रहेका बेला यसको वैज्ञानिक उपचारतर्फ मानिसको विश्वास पुस्तकले बढाउँछ। विश्वप्रसिद्ध लेखक अलवेयर कामुले भनेका थिए कि आत्महत्या आधुनिक दर्शनको समस्या हो। मानसिक रोग चेतनामा आघात पु¥याउने रोग हो। यसर्थ यसको दार्शनिक प्रश्न झन् बढ्दो छ। किनकि सभ्यताको विकास हुँदा पनि मानिसहरु मानसिक रोगबाट पीडित छन् र प्रश्न यथावत छ। नेपाली समाजमा पनि आश्चर्यजनक रूपमा बढ्दो मानसिक रोगको सामाजिक, जैविक र वातावरणीय कारणबारे बहस हुन जरुरी छ। यही बहसलाई पुस्तकले थालनी गरेको छ। 

प्रकाशित: २४ श्रावण २०७७ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App