१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

झोला

बालकविता

रामसुन्दर देउजा

 

मेरो सानो झोला

कता परयो होला

माथि खोजे तल खोजे

कतै देखिन

बाहिर हेरे भित्र हेरे

अहँ भेटिन

मेरो सानो झोला

कता परयो होला

दराजभित्र परयो कि

खाटमुनि झरयो कि

छल गरी कसैले

हँस्सीमजाक गरयो कि

मेरो सानो झोला

कता परयो होला

मैलो देखी आमाले

धुन लानु भो कि

किनमेल लिन बाबा आज

बजार जानु भो कि

मेरो सानो झोला

कता परयो होला ।

प्रकाशित: २२ श्रावण २०७७ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App