८ वैशाख २०८१ शनिबार
कला

मेरो जुत्ता

बालकविता

सूर्यप्रसाद लाकोजू

 

मेरो राम्रो जुत्ता

तिमी कति जाति

हाम्रोभन्दा पनि  

तिम्रो ठूलो छाती ।

 

तिमी भएपछि म त

जता नि जान सक्छु

ऐँसेलु नि काँडाघारीको

टिपी खान सक्छु ।

 

तिमी नहुँदा खुट्टामा

फोहर नि लाग्थ्यो

हिलो मात्र कहाँ हो र?

काँडाले नि घोच्थ्यो ।

 

तिमी भएपछि  

छैन मलाई डर

जहाँ जान पनि  

तिम्रै ठूलो भर ।

प्रकाशित: २१ श्रावण २०७७ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App