१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सुगन्ध फूलले छाडेका छन्

बालकविता

कल्पना अधिकारी

फूलबारीमा अनेक थरी फूल फुलेका छन् 

अनेक रंग अनेक सुगन्ध फूलले छाडेका छन् 

जाईजुही चमेली र मखमली छन् हाम्रा  

गुलाफ र सयपत्रीका फूल कति राम्रा

निधारमा लगाइदिने रंगीन टीका भाइलाई 

सयपत्री र मखमली फूलको माला भाइलाई

तिहार पर्व मनाउ हामी देउसीभैली खेलौ   

रमाइलो गरौ साथी हामी पिङ पनि खेलौ 

घरघरमा वासना छ सेलरोटीको मगमग 

चारैतिर झिलिमिली बत्ती बल्छ जगमग।

प्रकाशित: १९ श्रावण २०७७ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App