९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

नवराज विक मारिएको घटनाले जब यी १४ वर्षे किशोरको मन भतभती पोल्यो...

साक्षात पन्त

ललितपुर निवासी १४ वर्षीय साक्षात पन्तले जातीय विभेदविरुद्ध -याप गीत गाएका छन् । उनको आफ्नै शब्दमा रहेको म्युजिक भिडियो शनिबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।  

पन्तले ‘म परें दलित सधैँ अपमानित’ बोलको गीत गाएका हुन् । -याप शैलीमा  गाइएको उनको योे गीतमा कोरस गायनका रूपमा अद्विती अधिकारीले साथ दिएकी  छन् । आजसम्म गाएका जातीय विभेदविरुद्धका गीतभन्दा फरक साक्षातको यो गीतले नयाँ पुस्ताको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।    

जाजरकोटका नवराज विकले अन्तरजातीय प्रेम गरेको रिसमा उनी उनका साथीहरूलाई समेत गैरदलितले मारेको दर्दनाक घटनाले आफूलाई भित्रैबाट छोएकाले यो गीत लेखेको साक्षातले बताए ।  

‘मलाई नवराज र उनका साथीहरूलाई मारेको कुराले एकदमै नरमाइलो लाग्यो । सबै जना बराबर हौं, तर किन यस्तो हुन्छ भन्ने मनमा आयो र त्यही कुरालाई शब्दमा उतारेको हुँ,’ उनले भने,‘ गीत नै बन्ला भनेर लेखेको थिइनँ, तर घटनाले मनमा उब्जाएको पीडा शब्दमा उतार्दा गीत बन्न पुग्यो।’  

पन्तको गीत एक दलित युवकविरुद्ध कथित उच्च जातिका मानिसले गरेको क्रुरताको यथार्थ हो । गीतमा जातीय भेदभावको अन्त्य र समानताको माग गरिएको छ । ‘जातीय विभेदविरुद्ध अभिव्यक्ति दिन पाउँदा म खुसी छु,’ पन्तले भने । सोही क्रममा गायक पन्तले अबको दिनमा दलित युवाले जातीय विभेदकै कारण ज्यान गुमाउन नपरोस् पनि भने ।  

पन्त ललितपुरस्थित ज्ञानोदय माध्यमिक विद्यालय कक्षा ९ मा पढ्छन् । अमन प्रधानले गीतको कोरस कम्पोज गरेका  हुन्  भने संगीत संयोजन  र म्युजिक भिडियाको निर्देशन राहुल प्रधानले गरेका हुन् ।  

प्रकाशित: १८ श्रावण २०७७ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App