coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

६ जना स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सङ्गीत, नाटक तथा नृत्य विधाका छ जना वरिष्ठ साधकहरुलाई प्रज्ञा पुरस्कार–२०७६ समर्पण गरेको छ। मंगलबार  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहबीच मन्त्री योगेश भट्टराईले पुरस्कार समर्पण गरेका हुन्।  

वरिष्ठ तवलावादक रामहरि गुरुङ्ग, सङ्गीत विधामा वरिष्ठ सङ्गीत संयोजक हस्तबहादुर थापा ‘पल्ली मगर’, नाट्य विधामा वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक कुमार बस्नेत, रङ्गमञ्च विधामा वरिष्ठ अभिनेता नीर शाह तथा नृत्य विधामा वरिष्ठ नृत्याङ्गना नारायणी देवी प्रधान सम्मानित भएका हुन्। पुरस्कारसहित जनही १ लाख १ रुपैँया र ताम्रपत्रद्वारा सम्मान गरिएको हो।  

कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले देशको प्रगति सडक, पुलल गायतका संरचनाहरुले मात्रै निर्धारण नगर्ने आम जनमानसको संस्कृति र जीवनशैलीले पनि निर्धारण गर्ने उल्लेख गरे। उनले नेपाली सङ्गीततथा नाट्य क्षेत्रमा उल्लेखनीय योगदानको कदर स्वरुप श्रष्टाहरुलाई सम्मान गरिएको  बताए।  

मन्त्री भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै स्रष्टाहरुले सङ्गीत तथा नाट्य क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण र उन्नयनमा प्रज्ञा प्रतिष्ठानले गर्ने हरेक क्रियाकलापहरुमा मन्त्रालय सदैैव तत्पर रहेको बताए।  

प्रतिष्ठानका कुलपतिनारायण भक्त श्रेष्ठले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रको संरक्षण, संबद्र्धन ताथ उन्नयनमा आफ्ना् जीवनको लामो समय योगदन दिएका व्यक्तित्वहरुलाई  नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुुरस्कार अर्पण गर्न पाउँदा समस्त नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठान परिवार हर्षित भएको बताए। 

प्रकाशित: ३० असार २०७७ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App