३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

किम्फको २३औँ संस्करण : २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ‘किम्फ’ को २३ औँ संस्करण बुधबारदेखि पाँच दिनका लागि ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा आयोजना भएको छ।

उक्त महोत्सवमा २९ देशका ५० भन्दा बढी देशको चलचित्र प्रदर्शनमा गरिने आयोजना गरिएको छ। यसमा अन्तर्राष्ट्रिय फिचर, वृत्तचित्र, छोटो चलचित्र तथा साहित्य कथामा आधारित चलचित्र समेटिने छ।

‘नेपाल पनोरमा’ महोत्सवअन्तर्गतको खण्डमा नेपाली समाज र स्थानीय जीवनका कथालाई केन्द्रमा राखिने जनाइएको छ। महोत्सव निर्देशक रम्यता लिम्बु अनुसार यस वर्षको किम्फले मनोरञ्जनसँगै सामाजिक विषयमा पनि गम्भीर संवादलाई प्राथमिकता दिएको छ।

महोत्सवको उद्घाटन नेपालीमुलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित चलचित्र ‘शेप अफ मोमो’ को नेपाल प्रदर्शन भए देखी सुरु हुने भएको छ।

पुरस्कारका कुरा गर्दा अन्तर्राष्ट्रिय विधाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्र र उत्कृष्ट फिचर फिक्सनलाई जनही १५०० अमेरिकी डलर तथा उत्कृष्ट छोटो वृत्तचित्र र छोटो फिक्सनलाई जनही १००० अमेरिकी डलर पुरस्कार प्रदान गरिने व्यवस्था छ।

साथै नेपाल पानोरमाअन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। किम्फ दर्शक पुरस्कार पनि एक लाख रुपैयाँकै छ।

१३ देखि १७ जेठ सम्म चल्ने उक्त महोत्सवमा सर्वसाधारणका लागि शुल्क १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०८३ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App