७ आश्विन २०८० आइतबार
कला

राजेशको व्यंग्यचित्रमा कोरोना

तीर्थ निरौला

व्यंग्यकलाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत जीवन र जगत्का विविध पाटालाई विषयवस्तुका रूपमा ग्रहण गर्छ । अहिले राजेशका कार्टुनले समाजमा देखिएको भाइरसको महामारीलाई दर्शाउँदै सचेत रहन सुसूचित गरेका छन् ।  ०००

अहिले विश्वभरि कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको छ । चीनको वुहान सहरबाट फैलिएको यो भाइरस नियन्त्रणका लागि संसारका विभिन्न देशले विभिन्न उपाय र अभियान अपनाइरहेका छन् । विशेषतः विश्वका अधिकांश मुलुकमा बन्दाबन्दी (लकडाउन) गरिएको छ । नागरिकलाई घरमै बस्न, सामाजिक दूरी कायम गर्न भनिएको छ । नेपालमा लकडाउनको उपायलाई अंगीकार गरिएको छ । घरमा बसेर पनि विभिन्न व्यक्ति तथा संस्थाले अनेक माध्यमबाट कोरोना रोकथाममा जनचेतना जगाउने कार्य गरेको पाइन्छ । कसैले साहित्यका माध्यमबाट, कसैले संगीतका माध्यमबाट त कसैले चित्रकारिताका माध्यमबाट कोरोनालाई विषयवस्तु बनाएर जनतामा चेतना फैलाउने कार्य गरिरहेका छन् ।

स्थापित कलाकार एवं कार्टुनिस्ट राजेश मानन्धर भने अहिले कार्टुनका माध्यमबाट जनतालाई कोरोनाका विषयमा सुसूचित गराउन जुटेका छन् । उनले प्रत्येक दिन कोरोना विषयमुखी कार्टुनचित्र बनाएर सामाजिक सञ्जालमार्फत जनजनमा पु¥याउने गरिरहेका छन् ।  

राजेश मानन्धर नाम चलेका कार्टुन चित्रकार हुन् । उनले अहिलेसम्म देश–विदेशमा गरी आठौं एकल, दर्जनौँ सामूहिक चित्रकला प्रदर्शनी र वर्कसप गरिसकेका छन् । अहिलेको कामका बारेमा राजेश भन्छन्, ‘कोभिड–१९ ले गर्दा २०७६ चैत ११ गतेदेखि हामी बन्दाबन्दीमा छौँ । यो बेला कोरोनाबारे जनचेतना जगाउने र मानसिक रूपमा परेको पीडालाई न्यूनीकरण गर्ने उद्देश्यसाथ कार्टुन चित्र बनाएर सामाजिक सञ्जालबाट जनजनसम्म पु¥याउने गरेको छु ।’

सञ्चार जगत्मा प्राथमिकता पाएको व्यंग्य चित्रकलाको लक्ष्य मानिसलाई हँसाउ“दै सुसूचित गराउनु मात्र होइन, सामाजिक र राजनीतिक विकृति उधिन्नु, मानिसहरूलाई सुमार्गमा लाग्ने उत्प्रेरणा जगाउनु पनि हो । हजार शब्दले अभिव्यक्त गर्न नसकेको भावलाई एउटै व्यंग्यचित्रले उजागर गर्न सक्छ । पत्रकारितालाई हतारोको साहित्य भनेजस्तै व्यंग्यकला हतारोको एक सूचनामूलक कलात्मक अभिव्यक्ति हो । व्यंग्यकलाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत जीवन र जगत्का विविध पाटालाई विषयवस्तुका रूपमा ग्रहण गर्छ । अहिले राजेशका कार्टुनले समाजमा देखिएको भाइरसको महामारीलाई दर्शाउँदै सचेत रहन सुसूचित गरेका छन् ।  

सञ्चार माध्यमको विकासक्रम स“गस“गै सञ्चार माध्यमकै गहनाको रूपमा विकास भएको कार्टुनकलाको इतिहास खोतल्न युरोपसम्म पुग्नुपर्छ । पहिले–पहिले युरोपेली दरबारका ठुल्ठूला भित्तामा भित्तेचित्र बनाउने चलन थियो । त्यतिबेला सजावटका निम्ति बनाइने भित्तेचित्रको प्रारम्भिक ‘मोडेल’ वा रेखांकनलाई नै व्यंग्यचित्र भनिन्थ्यो । ‘व्यंग्यचित्र’ शब्दको प्रयोग र प्रचलनको सुरुवात त्यतिबेलै र त्यहीँबाट भएको भन्नेमा दुईमत छैन । अठारौ“ शताब्दीदेखि नै व्यंग्यचित्रले सञ्चार जगत्मा आफ्नो स्थान सुरक्षित पार्दै जरो गाडिसकेको थियो । नेपालको सन्दर्भमा, पहिलो व्यंग्यचित्र कुन कलाकारले कहिले र कुन विषयमा बनाए भन्न कठिन छ । तथापि यस सन्दर्भमा नेपालका प्रथम कला समीक्षक स्वर्गीय नारायणबहादुर सिंहको एक कला आलेखले थप अनुसन्धान गर्न सकिने मार्ग प्रशस्त गरेको छ । त्यस लेखमा सिंहले चन्द्रमानसिंह मास्केलाई प्रथम व्यंग्य चित्रकारको अर्थ लाग्ने भावमा भनेका छन्, ‘मास्केले श्री ३ जुद्ध शमशेरको कार्टुन बनाएबापत जेल पर्नुपरेको थियो ।’ उनको यो लेखनीमा चन्द्रमान नै प्रथम व्यंग्य कलाकार हुन् भन्ने अप्रत्यक्ष अर्थ लुकेको अनुभूत हुन्छ ।

राणाकालमा जोखिमपूर्ण र पञ्चायतकालमा मौन रहनुपरेको यो विद्याले २००७ सालपछि मौलाएको देशको राजनीतिक परिवर्तनस“गै सुस्तरी सार्वजनिक हुने, झाँ“गिने र फल्ने अवसर पाएको हो ।  

विगतमा ‘कार्टुन’ चित्रकलाको संस्थागत विकास गर्न वात्स्यायनको अध्यक्षतामा व्यंग्य चित्रकार क्लब नेपाल, सिस्नुपानी नेपाल, हास्यव्यंग्य समाज लगायत संघ–संस्था जुर्मुराएका थिए । यसपछि नवपुस्ता व्यंग्य कलाकार मिलेर अन्य व्यंग्यचित्र संघ–संस्था स्थापना गरेका देखिन्छन् । तिनीहरूले बेलामौकामा गोष्ठी वर्कसपजस्ता कार्यक्रम गर्दै आएका छन् । वर्तमान अवस्थामा व्यंग्य चित्रकलाका वरिष्ठ चित्रकार दुर्गा बराल उर्फ वात्स्यायनदेखि पछिल्लो पुस्ताका वर्तमान व्यंग्य कलाकारहरू राजेश केसी, रविन पिया, वासु क्षितिज, अविन, राजेश मानन्धर, सुमन मानन्धर, रमेश विष्ट, मिलन शाक्य, राजु जोशी, एकाराम महर्जन, उत्तम नेपाल, दीपक गौतम, हिमालय गौतम, कृष्णगोपाल र नाम हेक्का हुन नसकेका अन्य नवपुस्ता कलाकार रहेका छन् ।  

 

प्रकाशित: १७ जेष्ठ २०७७ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App