२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हाजमाेला (कविता)

हाजमोला

– जिचेन स्याङतान

 

जनता भन्छ–  

सरकार !

म भोकै छु  

हर्दम  

सारङ्गी बजिर’न्छ  

पेटभित्र,  

 

कस्तो हुन्छ ?

नुनिलो÷पिरो ?

स्वादसमेत बिर्सिसक्यो

जिब्रोले,

 

प्रत्युत्तरमा  

सरकार भन्छ–

लाऊ

हाजमोला खाऊ

जे जे आउँछ  

मजाले पचाउँछ ।  



यो पनि पढ्नुहोस्

लेखपढ गर्दै घरमै रमाउँदै

यो पनि पढ्नुहोस्

अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’

प्रकाशित: १६ जेष्ठ २०७७ १५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App