१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘फिल्म परिवर्तनको लागि शक्तिशाली उपकरण हो’

अभिनेत्री तथा निर्माता दिया मिर्जाले फिल्म समाज परिवर्तनको लागि शक्तिशाली उपकरण भएको बताएकी छिन् ।  

संसारभर कोरोना भाइरस महामारीले जटिल अवस्था सिर्जना गरिरहेको अवस्थामा उनी प्रकृतिसँग सबै कुराको अटल सम्बन्ध रहेको तर्क गर्छिन् । जैविक विविधताका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनले भनिन्, ‘कोरोना भाइरस महामारीले वातावरणसँगको हाम्रो बन्धन पहिले सबैभन्दा राम्रो थियो भनेर दर्साएको छ । हामीले गर्ने प्रत्येक चीजदेखि लिएर एक व्यक्ति र ग्रह सिर्जना हुने कुरा अन्ततः प्रकृतिसँग जोडिएको हुन्छ ।’

संयुक्त राष्ट्र पर्यावरण सद्भावना राजदूत समेत रहेकी उनी विभिन्न सामाजिक अभियानमा संलग्न भइरहेकी छिन् । विगत दुई वर्षदेखि उनी सक्रियताका साथ वातावरणीय र वन्यजन्तु संरक्षणसम्बन्धी केन्द्रित भएर लागेकी छिन् । यस वर्ष उनले सबै कुरा गाह्रो देखिएको महसुस गरेर समाधान खोज्न लागि परेको बताइन् । ‘प्रकृति आफैंले यस्ता कुराको मर्मत गर्नेछ भन्नेमा विश्वास गर्दछु । तर हामीले फिर्ता दिन पनि सिक्नुपर्दछ ।’

उनले गत अप्रिल ८ देखि प्रकृतिसँग निकट हुने ‘डाउन टु अर्थ विथ दि’ नामक संवाद सुरू गरिरहेकी छिन् । जसमा अभिनेता आर. माधवन, जोया अख्तर, स्वानन्द किर्किरे, गौरगोपाल दास, र अंकुर तिवारीले प्रकृतिसम्बन्धी कुराकारी गरिसकेका छन् ।  

‘सिर्जनात्मक कला, फिल्म, डकुमेन्ट्री र फोटोग्राफी सामाजिक परिवर्तन र संरक्षणको लागि शक्तिशाली उपकरण हुन्,’ उनले भनिन्, ‘सामान्य जीवनशैली अपनाएर देश र समुदायको लचिलोपन बढाउने लागि पर्न म सबैमा आग्रह गर्दछु । जसले यस्तो महामारीलाई फैलनुअघि निर्मूल गर्न सक्छन् ।’

प्रकाशित: ११ जेष्ठ २०७७ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App