२६ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

म्याडोनाको क्षमायाचना

न्युयोर्क (एजेन्सी) – अमेरिकी गायिका म्याडोनाले युरोप संस्करणअन्तर्गतको ‘म्याडम एक्स’ कन्सर्ट रद्द भएलगत्तै माफी मागेकी छन्। पोर्चुगलबाट सुरू हुने उनको ‘म्याडम एक्स’ कन्सर्ट रद्द भएपछि सामाजिक सञ्जालमा ४५ मिनेटको भिडियो सार्वजनिक गर्दै माफी मागेकी हुन्।

‘म्याडम एक्स’ टूरअन्तर्गत रद्द हुने यो उनको आठौं कन्सर्ट हो। यसअघि ‘म्याडम एक्स’ कन्सर्टको दौरान घाइते भएपछि उनका कन्सर्टहरू रद्द भइरहेका छन्। ‘धन्यवाद लिस्बन’, उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘यहाँ हुने भनिएको कन्सर्टपनि रद्द गर्न बाध्य भए। कारण मेरो शरीरलाई आराम चाहिएको छ।’

गत नोभेम्बरमा चिकित्सकको सल्लाहअनुसार ‘अत्याधिक पीडा’ को कारण उनले बोस्टनमा हुने कन्सर्ट रद्द गरेकी थिइन्। ‘कृपया मलाई माफ गरिदिनु होला। हरेक दिन गरिने तयारीको उत्साहपनि कन्सर्ट रद्द गर्नुपर्दा आफैंलाई सजाय दिएझैं हुनेरहेछ। तर मेरो शरीरलाई आराम चाहिएको छ,’ उनले भनिन्।

‘म्याडम एक्स’ मा उनी समयनिष्ठ नभएपछि कन्सर्ट निर्धारित समयभन्दा ढिला सुरू भएको आलोचना खेप्नु परेको थियो। उनको १४ औं स्टुडियो एल्बम ‘म्याडम एक्स’ ले बिलबोर्ड चार्ट्समा नम्बर १ स्थान कब्जा गरेको थियो। सन् २०१७ देखि लगातार पोर्चुगलको लिस्बनमा बस्न थालेकी उनले सो एल्बममा त्यहाँको अनुभूति समेटेकी थिइन्। पोर्चुगलको प्रभाव उनको ‘म्याडोना एक्स’ को संगीतमा परेको थियो। उनका अनुसार ‘म्याडम एक्स’ सेक्रेट एजेन्ट हुन् । म्याडम एक्सले परिचय लुकाएर विश्व भ्रमण गरेर स्वतन्त्रताका लागि लडिरहेकी छिन्। एल्बम अमेरिकी स्वाद खासै नभएपनि अमेरिकीले उत्तिकै मन पराएका थिए।

यसअघि ‘म्याडम एक्स’ टुरको दौरान घाइते भएकी उनको उत्तर अमेरिकामा आयोजना हुने भनिएका अन्तिम कन्सर्टहरू रद्द गरिएका थिए। उनको युरोपको सांगीतिक टुर पोर्चुगललगत्तै पेरिस र लन्डनमा आयोजना हुँदैछ।

प्रकाशित: ८ माघ २०७६ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App