२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

बांगा कुरा के–के छन् ?

पुँजीवाद, समाजवाद, सामन्तवाद, जनवाद,
अरू के–के छन् ?
बर्बाद हुन बाँकी थप विवाद के–के छन् ?
 
पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र,
अरू के–के छन् ?
देश लुट्न बाँकी थप मन्त्र के–के छन् ?
 
जनताको चाहना, सहिदको सपना, विकासको योजना,
अरू के–के छन् ?
देश चुस्न बाँकी थप बहाना के–के छन् ?
 
सहमति, प्रक्रिया, छलफल, सम्झौता, वार्ता,
अरू के–के छन् ?
सिद्धिन बाँकी थप जात्रा के–के छन् ?
 
जातीय पहिचान, क्षेत्रीय पहिचान, भाषिक पहिचान,
अरू के–के छन् ?
भाले जुधाइ खेल्न थप मनोरञ्जन के–के छन् ?

प्रकाशित: ४ माघ २०७६ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App