७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

गोल्डेन ग्लोब अवार्डमा ‘१९१७’ र ‘फ्लिब्याग’ को वर्चस्व

लस एन्जलस – यस वर्षको विवादस्पद फिल्म ’जोकर’ बाट अभिनेता ज्याकिन फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। आइतबार लस एन्जलसमा सम्पन्न ७७ औं गोल्डेन ग्लोब अवार्डमा ज्याकिन फिनिक्सले ड्रामा विधाबाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका हुन्।

गोल्डेन ग्लोब फिल्म अवार्डलाई अस्कर अवार्डको प्रिभ्यु मानिन्छ। ड्रामा विधामा साम मेन्डिसको पहिलो विश्वयुद्धमा आधारित ‘१९१७’ ले उत्कृट फिल्मको अवार्ड जितेको थियो। त्यस विधामा ‘जुडी’ बाट रेने जेल्वेगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। ‘१९१७’ बाट साम मेन्डिस उत्कृष्ट फिल्म निर्देशक घोषित भए।

म्युजिकल तथा कमेडी विधामा ‘रकेटम्यान’ बाट ट्यारों इगर्टनले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। यस विधामा ‘द फेयरवेल’ का लागि वाकाफिना उत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन्। त्यस्तै क्वान्टेन टोरेन्टिनोको ‘वान्स अपन अ टाइम इन हलिउड’ यस विधामा उत्कृष्ट फिल्म घोषित भयो। यस फिल्मबाट टोरेन्टिनोले उत्कृष्ट पटकथाको अवार्ड पाएका थिए। ‘म्यारिज स्टोरी’ बाट लोरा डर्नले उत्कृष्ट सह–अभिनेत्री र ‘वान्स अपन अ टाइम इन हलिउड’ बाट ब्राड पिटले उत्कृष्ट सह–अभिनेताको अवार्ड प्राप्त गरे।

गोल्डेन ग्लोब फिल्म अवार्डलाई अस्कर अवार्डको प्रिभ्यु मानिन्छ।

अभिनेता टम ह्यान्क्सलाई यसवर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। सन् १९७९ बाट फिल्म करिअर सुरु गरेका उनले ‘फिलाडेफिया’ र ‘फरेस्ट गम्प’ जस्ता फिल्मबाट अस्कर जितिसकेका छन्। एनिमेटेड विधामा ‘मिसिङ लिंक’ उत्कृष्ट फिल्म घोषित भएको थियो। बोङ जुन होको ‘प्यारासाइट’ ले उत्कृष्ट विदेशी भाषाको फिल्म अवार्ड प्राप्त गर्यो।

हलिउडको फरेन प्रेस एसोसियनले आयोजना गर्ने गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट ओरिजिनल स्कोर ‘जोकर’ बाट हिल्दुर गुड्नाडुतिरले जितिन्। त्यस्तै उत्कृष्ट ओरिजिनल संग ‘रकेटम्यान’ को आइएम गन लभ मी अगेनले जित्यो।
ड्रामा विधामा ‘सग्सेसन’ उत्कृष्ट टेलिभिजन सिरिज घोषित भयो। यस विधामा उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘द क्राउन’ बाट ओलिभिया कोलम्यानले हात पारिन् भने ‘सग्सेसन’ बाट ब्रायन कक्स उत्कृष्ट अभिनेता घोषित भए।

यसपटक नेटफ्लिक्‍सका ३४ वटा फिल्म तथा टेलिभिजन कार्यक्रमहरु मनोनयनमा परेका थिए। कमेडी तथा म्युजिकल विधामा ‘फ्लीब्याग’ उत्कृष्ट टेलिभिजन सिरिज, ‘फ्लीब्याग’ बाटै फोएबी वालर–ब्रिज उत्कृष्ट अभिनेत्री र ‘रामी’ बाट रामी युसेफले उत्कृष्ट अभिनेताको अवार्ड जिते। ‘चेर्नोबेल’ उत्कृष्ट टेलिभिजन फिल्म घोषित हुँदा यस विधामा ‘फोसीरभेर्डन’ बाट मिसेल विलियम्स उत्कृष्ट अभिनेत्री, ‘द लाउडेस्ट भ्वाइस’ बाट रसेल क्रो उत्कृष्ट अभिनेता, ‘द एक्ट’ बाट प्याट्रिसिया अक्र्वेट उत्कृष्ट सह–अभिनेत्री र सह–अभिनेताको अवार्ड ‘चेर्नोबेल’ स्टेलान स्कार्स्गार्डले हात पारे।

प्रकाशित: २२ पुस २०७६ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App