८ वैशाख २०८१ शनिबार
कला

राष्ट्रिय गजल महोत्सव हुँदै

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव आयोजना गर्ने भएको छ। गजलप्रति युवा पुस्ताको बढ्दो अभिरुचि र आकर्षणलाई ध्यानमा राखेर प्रतिष्ठानले पहिलोपटक राष्ट्रिय गजल महोेत्सव आयोजना गर्न लागेको हो।

राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा आगामी माघ १५ र १६ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने महोत्सवमा देशका सबै प्रदेश, उपत्यका र भारतबाट स्रष्टाहरूको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक एवं प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले बताए। उनले भने, ‘दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा गजलसम्बन्धी वहस, गजल वाचन र गजल गायन समेत हुनेछ।’

महोत्सवको पूर्वतयारी सम्बन्धि सरोकावालाबिच छलफल गर्ने उद्देश्यले सोमबार आयोजना गरिएको बैठकलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले युवा पुस्तामाझ लोकप्रिय बनेको गजल विधाको थप विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको बताए।

प्रकाशित: ८ पुस २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App