काठमाडौं- नेपाल शाकाहारी संघले सेलिब्रेटीसँग शाकाहारी भोजन गरेको छ। शान्ति र स्वास्थ्यको आधार अहिंसा र शाकाहार नारासहित गत शुक्रबार भेज डिनर विथ सेलिब्रेटी कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा नायक निखिल उप्रेती, योग गुरु टिपी धमला लगायत सेलिब्रेटीको उपस्तिथि थियो।
कार्यक्रममा उपस्थित व्यक्तिहरुले नायक उप्रेतीसंग भेज र ननभेज खानाका विषयमा अन्तरक्रिया गरेका थिए। उपस्थित मानिसका जिज्ञासाको जवाफमा नायक उप्रेतीले भेजिटेरिएन हुनु मानवको पहिलो गुण भएको बताए। जसले जनावरको मुटुको धड्कनलाई बुझ्न सक्दैनन उसले सच्चा प्रेम कहिले गर्न सक्दैन। अन्तरक्रियामा उनले भने, यदि कसैले सच्चा प्रेम गरेको छु भन्छ त्यो उसको ढोंग गर्दैछ।
कार्यक्रममा योग गुरु टिपी धमलाले मानिसले हासेर बाँच्नुपर्ने बताउँदैं सहभागीलाई योग समेत गराएका थिए। उनले पनि मानिसहरुलाई शाकाहारी बन्न सुझाव दिए। मांसाहारी मानिसमा हिंस्रक गुण बढी हुने भन्दै शाकाहारी मानिस शान्त स्वभावको हुने पनि दाबी गरे।
२०६४ सालमा स्थापना गरिएको यो संस्थाले मानिसहरुलाई शाकाहारी भोजन गर्न जोड दिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रकाशित: १२ जेष्ठ २०७६ ०३:२५ आइतबार