काठमाडौं – डिजिटल फम्र्याटमा बनेका फिल्महरूबीच उत्कृष्टता छान्न राजधानीमा आइतबार आयोजना गरिएको ‘डि सिने अवार्ड –२०७६’ मा फिल्म ‘यात्राः अ म्यूजिकल भ्लग’ले मनोनयनमा नराखिएको ‘क्रिटिक्स अवार्ड’ सहित ६ विधामा अवार्ड जितेको छ । फिल्मका लागि नायक सलिनमान बनियाँले ‘उत्कृष्ट अभिनेता’, सम्राट शाक्यले ‘उत्कृष्ट नवनिर्देशक’, सलोन बस्नेतले ‘उत्कृष्ट सह–अभिनेता’, हिमाल केसीले ‘उत्कृष्ट द्वन्द्व निर्देशक’ र सम्राट शाक्यले ‘उत्कृष्ट पटकथा’को अवार्ड पोल्टामा पारे ।
गत वर्षको सर्वाधिक हिट फिल्म ‘छक्का पन्जा ३’ले अवार्डमा सर्वाधिक ८ विधामा अवार्ड जित्यो । यो फिल्म ‘उत्कृष्ट चलचित्र’ बन्दा फिल्मका लागि निर्देशक दीपाश्री निरौला ‘उत्कृष्ट निर्देशक’, केदार घिमिरे ‘उत्कृष्ट हाँस्य कलाकार’, विपिन मल्ल ‘उत्कृष्ट सम्पादक’, लक्ष्मी गिरी ‘उत्कृष्ट चरित्र अभिनेत्री’, दीपक शर्मा ‘उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार’, डेभिड शंकर ‘उत्कृष्ट गायक’, विन्दु परियार ‘उत्कृष्ट गायिका’ घोषित भए । नायिका नम्रता श्रेष्ठले फिल्म ‘प्रसाद’का लागि ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड उचाल्दा यही फिल्मका लागि सुशील पौडेलले ‘उत्कृष्ट संवाद’को अवार्ड जिते । त्यस्तै फिल्म ‘भोर’का लागि जेसन कुँवर र प्रवेश मल्लिक ‘उत्कृष्ट पाश्र्वसंगीत’, ‘डमरूको डन्डीबियो’का लागि मुकेश शाह ‘उत्कृष्ट साउण्ड डिजाइन’, ‘रोज’का लागि राजेश श्रेष्ठ ‘उत्कृष्ट गीतकार’ र एलिस कार्की ‘उत्कृष्ट संगीतकार’, ‘जय भोले’का लागि बसन्त श्रेष्ठ ‘उत्कृष्ट लोकगीत नृत्य निर्देशक’, ‘रामकहानी’का लागि कविराज गहतराज ‘उत्कृष्ट नृत्य निर्देशक’, ‘हैरान’का लागि एञ्जल राई ‘उत्कृष्ट बालकलाकार’, ‘चंगाचेट’का लागि माओत्से गुरुङ ‘उत्कृष्ट खलपात्र’ बने ।
यस्तै फिल्म ‘गोपी’का लागि दीपेन्द्र लामा ‘उत्कृष्ट कथा’, ‘ए मेरो हजुर ३’का लागि सुहाना थापा ‘उत्कृष्ट नवनायिका’ र सञ्जय लामा ‘उत्कृष्ट छाँयाकार’, ‘इन्टु मिन्टु लन्डनमा’का लागि धिरज मगर ‘उत्कृष्ट नवनायक’, ‘क्याप्टेन’का लागि सरोज खनाल ‘उत्कृष्ट चरित्र अभिनेता’, ‘समर लभ’का लागि नम्रता सापकोटा ‘उत्कृष्ट सह–अभिनेत्री’को अवार्ड दाबेदार बने । अवार्डमा फिल्म ‘ए मेरो हजुर ३’ले ‘उत्कृष्ट पपुलर चलचित्र’, ‘डमरूको डन्डीबियो’ले ‘जुरी अवार्ड’, ‘सुकुलगुन्डा’का लागि श्रीदेव भट्टराईले ‘इन्करेजमेन्ट अवार्ड’ जिते । कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पु¥याएकामा अभिनेता एवं निर्देशक नीर शाहलाई ‘छायाछवि लिजेन्ड्री अवार्ड’बाट सम्मान गरिएको थियो । त्यस्तै नेपाली फिल्म क्षेत्रमा अढाई दशकभन्दा लामो योगदान पु¥याएबापत फिल्म निर्देशक शोभित बस्नेत र सुगम संगीतसँगै पाश्र्व गायनमा सक्रिय गायिका देविका बन्दनालाई ‘छायाछवि रजतसम्मान’बाट सम्मानित गरिएको थियो । पत्रकारितातर्फ अढाई दशकभन्दा लामो योगदान पु¥याएका पत्रकार अनन्त वाग्लेलाई ११ हजार रुपैयाँसहितको ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।
आयोजक छायाछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले डिजिटल फम्र्याटका फिल्मको स्तरवृद्धि र प्रोत्साहनका लागि अवार्ड आयोजना गरिएको बताए । अवार्डको जुरीमा फिल्मकर्मीहरू मोहन निरौला, राजेन्द्र उप्रेती, विजयरत्न तुलाधर र सवनम मुखिया थिए ।
प्रकाशित: २३ वैशाख २०७६ ०४:२१ सोमबार