coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘द म्यान फ्रम काठमाडौं करिअरकै महत्वपूर्ण फिल्म’

काठमाडौं - अभिनेत्री आना (अन्नपूर्ण) शर्मा यतिबेला फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रमोसनमा व्यस्त छिन्। आगामी चैत १ देखि देशभर रिलिज हुन लागेको यो फिल्ममार्फत उनी डेढ वर्षपछि दर्शकमाझ आउँदैछिन्। आनाले यो फिल्मलाई आफ्नो करिअरको महत्वपूर्ण फिल्म मानेकी छन्। फिल्ममा समाजसेवीको भूमिकामा देखिएकी उनी यस फिल्मलाई एक्सन लभस्टोरी भन्न रुचाउँछिन्।

‘पछिल्लो समय नेपाली फिल्महरू लभस्टोरीमा केन्द्रित भएका छन्। एक्सन लभस्टोरीमा आधारित यो फिल्म मार्सल आर्टसँग पनि सम्बन्धित छ’, उनले भनिन्, ‘नेपाली संस्कृतिको महत्वमा केन्द्रित यो फिल्म मेरा लागि पनि महŒवपूर्ण छ।’ उनले फिल्ममा अधिकांश कलाकार र प्राविधिकहरू विदेशी भएकाले काममा नयाँ अनुभव बटुल्ने अवसर मिलेको बताइन्। ‘यो फिल्ममा काम गर्दा विदेशी कलाकार र प्राविधिकहरूको काम गर्ने शैली बुझ्ने अवसर पाएँ’, उनी खुलिन्, ‘त्यसबाहेक नेपाली फिल्म क्षेत्रका वरिष्ठ कलाकारहरूसँग काम गरेको छु।’

फिल्मले नेपाली संस्कृतिको महŒवलाई मनोवैज्ञानिक र भौतिक यात्राको कथाका रूपमा समेटेको छ । नेपाली संस्कृतिको फिल्म भएकाले दर्शकहरूले मन पराउनेमा आशावादी छु ।

प्लस टुको अध्ययन सकाएर फिल्म मेकिङ पढ्न विदेश जाने तयारी भइरहँदा उनले ‘द म्यान फ्रम काठमाडौं’मा काम गर्ने अवसर पाएकी हुन्। निर्देशक पेमा धोन्डुपले कथा सुनाएपछि उनी काम गर्न राजी भएकी थिइन्। फिल्मको क्लाइमेक्सले उनलाई फिल्ममा काम गर्न आकर्षित गरेको थियो।

उनी फिल्म सुटिङको दौरान भिलेनका रूपमा ख्याति कमाएका बलिउड अभिनेता गुल्सन ग्रोबरको सहयोगी स्वभावले प्रोत्साहित भइन्। ‘अधिकांश फिल्ममा भिलेनको चरित्रबाट चर्चा पाएका उहाँ वास्तविक जीवनमा सहयोगी र भद्र लाग्यो। सेटमा नेपाली कलाकारसँगै काम गरेको जस्तो महशुस भएको थियो’, आनाले भनिन्।

यो फिल्ममा अमेरिका, नेपाल, भारत र पाकिस्तानका कलाकार र प्राविधिकहरू आबद्ध थिए। नेपालको संस्कृति र सांस्कृतिक सम्पदाहरूमा खिचिएको फिल्म निर्माता नकिम उदिनले ट्रीसिटीको ब्यानरमा निर्माण गरेका हुन्। अमेरिकामा बस्दै आएका निर्देशक पेमाले निर्देशन गरेको फिल्ममा आनासँगै गुल्सन ग्रोबर, जोसे म्यानुअल, नीर शाह, हमिद सेख र कर्मालगायत कलाकारहरूले अभिनय गरेका छन्। ‘फिल्मले नेपाली संस्कृतिको महŒवलाई मनोवैज्ञानिक र भौतिक यात्राको कथाका रूपमा समेटेको छ। नेपाली संस्कृतिको फिल्म भएकाले दर्शकहरूले मन पराउनेमा आशावादी छु’, उनले भनिन्।

ब्यानर र निर्देशकलाई प्राथमिकतामा राख्ने आना पछिल्लो समय दुई फिल्मको स्क्रिप्ट पढिरहेकी छन्। सन् २०१४ मा रिलिज भएको फिल्म ‘जेरी’ बाट नेपाली फिल्ममा ‘डेब्यू’ गरेकी आनाले ‘ग्याङ्स्टर ब्लुज’ र ‘द म्यान फ्रम काठमाडौं’मा मात्र अभिनय गरेकी छन्। ‘नेपाली फिल्ममा अभिनय सुरु गर्दा स्कुल पढ्दै थिएँ। स्कुल सिध्याएर मात्र करिअरलाई अघि बढाउने सोचले फिल्ममा अभिनयका लागि समय निकाल्न भ्याएकी थिएँ’, उनी भन्छिन्, ‘अब केही फिल्ममा काम गरेर मात्र फिल्म मेकिङ पढ्ने सोच बनाएकी छु।’

‘मिस नेपाल’ प्रतियोगिताकी कोरियोग्राफर रचना गुरुङकी छोरी आनाले दिदीहरू अहिल्या, अमाल्या र स्वयंलाई सुरुवाती दिनमा मोडलिङ र अभिनयमा रुचि नभएको खुलाइन्। ‘नेपाली फिल्मलाई समाजले हेर्ने दृष्टिका कारण पहिलोपटक फिल्ममा अभिनय गर्ने भन्ने कुराले मलाई उत्साहित बनाउन सकेन। त्यसबेला खासै नेपाली फिल्म नहेर्ने मैले स्क्रिप्ट सुनेर अनुभवका लागि अभिनय गरेको थिएँ’, उनले प्रस्ट्याइन्, ‘फिल्मको दुईमहिने वर्कसपमा सिकेको अभिनयलाई दर्शकले मन पराएका थिए। यो विषयमा म आफूलाई भाग्यमानी ठान्दछु।’ दोस्रो फिल्मका क्रममा भने उनले भारतीय फिल्ममेकर राकेश ओमप्रकाश मेहेराको स्टुडियोमा दुई हप्ताको थिएटर र अभिनय वर्कसपमा सहभागिता जनाएकी थिइन्। उनले फिल्म ‘जेरी’मा अभिनय गरेपछि मात्र फिल्मप्रति मोह बढेको खुलाइन्।

अभिनेत्री रेखा थापा र अभिनेता राजेश हमालकी फ्यान उनले ‘सानो संसार’ पछि नै नेपाली फिल्म हेर्न थालेको थिइन्। पुराना फिल्महरूको तुलनामा ‘जेरी’लाई उनले नेपाली फिल्मको ‘टर्निङ पोइन्ट’का रूपमा लिएकी छन्। ‘मैले अभिनय गरेको पहिलो फिल्मले नेपाली फिल्ममा नयाँ आयाम थपेको थियो’, उनी दाबी गर्छिन्।

फिल्ममा अभिनय गरेको पाँच वर्षमा तीनवटा फिल्ममा काम गरे पनि उनलाई अफरहरू नआएको भने होइन्। अध्ययनका कारण फिल्महरूमा अभिनय गर्न नसकेको उनी स्विकार्छिन्। लभस्टोरी फिल्मका लागि धेरै अफर आए पनि अभिनेत्री रेखा थापाले बनाएको फिल्ममा काम गर्न नपाउँदा भने उनी निराश बनेकी थिइन्। ‘नेपाली फिल्म क्षेत्रकी पावरफुल अभिनेत्री रेखा थापालाई फिल्म चलाउन हिरो चाहिँदैन। सम्भवतः उनको फिल्मको अफर आयो भनेचाहिँ पक्कै गर्नेछु’, उनी भन्छिन्।

तीनवटा नेपाली फिल्ममा काम गरिसकेकी उनले फिल्म सुटिङ र प्रमोसनको दौरान अहिलेसम्म दुव्र्यवहारको सिकार हुनुनपरेको खुलाइन्। तर सामान्य रूपमा बाटोमा हिँड्दा उनलाई अश्लील शब्दहरू प्रयोग गरेर मानिसहरूले दुव्र्यवहार गरेको अनुभव भने धेरै छ। त्यस्तै उनलाई सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर सन्देश पढाउने मानिसहरू पनि धेरै छन्। ‘सामान्य रूपमा बाटोमा हिँड्दा नेपाली समाजले महिलाहरूलाई हेर्ने दृष्टिमा खासै परिवर्तन आएको जस्तो महसुस हुन्न,’ उनी भन्छिन्, ‘अभिनेत्री भएकै कारण बाटोमा सामान्य रूपमा हिँड्दा अश्लील शब्द प्रयोग गरेर दुव्र्यवहार गर्ने मानिसहरू धेरै छन्। सामाजिक सञ्जालमा मनपरी शब्द प्रयोग गरेर सन्देश पठाउनेहरूविरुद्ध कारबाहीको प्रक्रियामा जान्छु।’

इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा सक्रिय उनी शुभचिन्तकहरूसँग बेलाबखत अन्तक्र्रिया गर्न रुचाउँछिन्। ‘इन्स्टाग्राम र फेसबुकमा तुलनात्मक रूपमा सक्रिय भएको हुँदा बेलाबखत शुभचिन्तकहरूसँग अन्तक्र्रिया गर्न रुचाउँछु। धेरैले फिल्मलाई निरन्तरता दिनुपर्नेमा जोड दिने गरेका छन्।’ उनी भन्छिन्।

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App