१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘सयकडा दश’काे ट्रेलर सार्वजनिक

काठमाडौं– राजाराम पौडेलले निर्माण गरेको फिल्म ‘सयकडा दश’ले ट्रेलर रिलिज गरेको छ। आइतबार राजधानीमा आयोजित समारोहमा सामाजिक सन्देशसहितको ट्रेलर सार्वजनिक गरियो। 

पहिलोपटक यसै फिल्मबाट कार्यकारी निर्माता बनेका पौडेलले पैसाको नाफाभन्दा देशको नाफालाई प्राथमिकतामा राखेको बताए। ‘जिन्दगीमा रहरले फिल्म खेलेँ, पैसा कमाउन खेलेँ। तर, सयकडा दश खेलेपछि आत्मादेखि सन्तुष्ट र गर्व महसुस भैरहेको छ’, उनले भने। 

‘नाफा नआए पनि केही छैन। देशमा भएको भ्रष्टाचार उन्मुलन गरेमात्र त्यो नै नाफा हो। त्यही भएर कार्यकारी निर्माता बनेको हुँ’, पौडेलले भने, ‘मैलेभन्दा पनि देशले प्रोफिट कमाउनुप-यो।’ उनले विशेषगरी युवालाई सयकडा दश हेर्न आग्रह गरे। फिल्ममा राजाराम भ्रष्टाचारी अधिकृतको भूमिकामा देखिएका छन्। 

पौडेलले आइतबार प्रेसमिटमै जन्मदिन पनि सेलिव्रेट गरे। 

निर्देशक रामशरण पाठकले समाज र राजनीतिसँग फिल्मको कथावस्तु सीधै जोडिएकाले दर्शकले अपनत्व महसुस गर्ने बताए। प्रेम भर्सेस भ्रष्टाचार बटमलाइन रहेको फिल्मलाई स्वयम पाठकले लेखेका हुन्। 

कार्यक्रममा ढिलो गरि पुगेका अभिनेता मनोज गजुरेलले शुभकामना दिन भ्याए। उक्त अवसरमा अध्यक्ष पुष्कर लामा लगायत चलचित्र प्राविधिक संघ (नेफ्टा)का नवनिर्वाचित कार्यसमितिलाई सम्मान प्रदान गरियो। 

अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डंगोल, रस्मी भट्ट समेत मुख्य भूमिकामा छन्। दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेले निर्माण गरेका हुन्। फिल्मलाई घरमा भन्दा पहिले नेपाली भाषी बहुल म्यानमार र थाइल्यान्ड विश्व प्रिमियर गरिने भएको छ। नेपालमा माघ १८ गते फिल्म रिलिज हुँदैछ।

 

प्रकाशित: १५ पुस २०७५ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App