coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सिद्धान्तको ‘आप्पा’ दयाहाङ

काठमाडौं – भारत र नेपालको सीमाना जोडिएको नेपालको पूर्वी भागमा ‘आप्पा’ शब्दलाई ‘बुवा’ अर्थात् ‘पिता’ का रुपमा बुझिन्छ। खास गरी मंगोलियन समुदायमा यो शब्द प्रचलित छ। यही शब्दलाई सापटी लिएर फिल्म ‘आप्पा’ निर्माण गरिएको छ।

नेपालको पूर्वी भागसँगै भारतको कालिम्पोङमा छायांकन गरिएको फिल्मको राजधानीमा सोमबार फष्टलुक सार्वजनिक गरिएको छ। अनमोल गुरुङको ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा अभिनेता दयाहाङ राई ‘आप्पा’ को भूमिकामा छन्। फिल्ममा अनमोलकै कथा, पटकथा र संवाद तथा संगीत छ।

‘फिल्ममा म एक सन्तानको आप्पाको भूमिकामा छु। फिल्मको कथा पढ्दा मलाई मेरो भूमिका रोचक लाग्यो। यो बाबु र सन्तानको सम्बन्धको कथा हो। अहिलेसम्म मैले काम गरेका फिल्ममध्ये मनपरेको कथा यो फिल्मको पनि हो,’दयाहाङले भने,‘फिल्ममा म गाडी कुदाउने चालक छु। मैले कहिल्यै पनि गाडी कुदाईनँ। त्यसकारण यो फिल्ममा गाडी कुदाउँदा मलाई निकै गाह्राे प-यो।’

निर्देशक अनमोलले आफूलाई धेरै पहिलादेखि नै दिमागमा आएको अवधारणालाई कथात्मक रुपमा फिल्ममा प्रस्तुत गरेको बताए। ‘यो कथालाई कसरी पर्दामा उतार्न सकिन्छ भन्ने सोचाईमा थिएँ। त्यो सोचाईलाई वास्तविकतामा परिणत गर्दा खुशी छु,’उनले भने।

फिल्ममा निर्माता तथा निर्देशक तुलसी घिमिरेको पनि अभिनय छ। उनले नयाँ पुस्तासँग काम गर्दा नौलो अनुभव लिएको जनाउँदै केही नयाँ कुरा सिक्न पाएको बताए।

फिल्ममा दयाहाङको सन्तानका रुपमा सिद्धान्तराज देखिदैछन्। सिद्धान्त र नायिका अल्लोना काबो लेप्चाको यो ‘डेब्यु’ अभिनय हो। सिनेमा आर्टसँगको सहकार्यमा अ माउन्टेन स्टोरिज प्रोडक्सनले निर्माण गरेको फिल्ममा अरुणा कार्कीको पनि अभिनय छ।

रुदेन सादा लेप्चाको लगानी रहेको फिल्ममा अनमोलसँगै उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायांकन, अनमोल र शैकात देवको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ। फिल्म २०७६ जेठ २४ गते रिलिज हुनेछ।

प्रकाशित: २५ मंसिर २०७५ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App