१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

प्रियंका र निकको विहे डिसेम्बरमा

मुम्बई- अमेरिकी गायक निक जोनसको प्रेममा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय भएको छ। प्रियंका र निकको विहे डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ। विहेको तयारीका लागि निक भारत आएका छन्। दुबैका परिवार विहेको तयारीमा जुटेका छन्।

हलिउड टेलिसिरियल क्वान्टिकोमा काम गर्ने क्रममा निकसँग नजिकिएकी प्रियंका पछिल्लो समय फिल्मी क्षेत्रबाट विदामा छिन्। निकसँगको सम्बन्धकै कारण प्रियंकाले सलमान खानको फिल्म भारत छोडेकी थिइन। भारत छोडेलगत्तै आफूभन्दा १० वर्ष कान्छा निकसँग प्रियंकाले इन्गेजमेन्ट गरेकी थिइन्। 

प्रकाशित: १ कार्तिक २०७५ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App