९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

‘रुदाली’की निर्देशक लाजमीको निधन

काठमाडौं– बलिउडकी चर्चित निर्देशक कल्पना लाजमीको निधन भएको छ। लामो समयदेखि मृगौला क्यान्सरबाट पीडित लाजमीको धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा आइतार विहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको आजै दाहसंस्कार गरिएको छ। 

बलिउडमा उनका ‘रुदाली’, ‘दमन’, ‘दरमियान’ जस्ता फिल्म चर्चित छन्। कल्पना पेन्टर ललिता लाजमीकी बेटी छोरी र गुरु दत्तकी भतिजी थिइन। उनले निर्देशक श्याम बेनेगलसँग सहायक निर्देशकका रुपमा बलिउडमा डेब्यू गरेकी थिइन। 

प्रकाशित: ७ आश्विन २०७५ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App