४ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

बालगीत ‘गहभरी आँसु’ को लोकार्पण

बाल गीतकार, साहित्यकार रामबाबु सुवेदी लिखित बालगीत ‘गहभरी आँसु’ (डिप टियर्स) को लोकार्पण गरिएको छ। ‘गहभरी आँसु’ मा अभिनेत्री सुरक्षा पन्त, बाल कलाकार अन्सु कार्कीलगायतको अभिनय छ।

मंगलबार आयोजित एक कार्यक्रममा सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, अभिनेत्री सुरक्षा पन्त, बाल कलाकार अन्सु क्षेत्री, कवि रेणु अधिकारी लगायतले संयुक्त रूपमा ‘गहभरी आँसु’ को लोकार्पण गरेका थिए।

बालबालिकाको दाँतको स्वास्थ्यमाथि गम्भीर विमर्श गर्ने ‘गहभरी आँसु’ लोकार्पणमा कान्तिपुर डेन्टल कलेजमा ‘डेन्टल हेल्थ’ पढिरहेका विद्यार्थी, डाक्टर र शिक्षकले  पनि दाँतका समस्यामाथि आफ्ना विचार प्रस्तुत गरेका थिए।

‘गहभरी आँसु’ बालगीतमा आफ्नो अभिनय अनुभव सुनाउँदै अभिनेत्री सुरक्षा पन्तले ‘बालबालिकाका स–साना खुसी र दुःखलाई नजिकैबाट अनुभूत गर्न पाएँ,’ भनिन्।

लोकार्पण कार्यक्रमका वक्ताहरूले  बालबालिकाका विषयमामा अझै धेरै फिल्म बन्नुपर्ने र तिनले बालबालिकाको समस्या पहिचान गर्नुपर्ने तथा यस्ता फिल्मले बालबालिकाको दुःख बुझ्न सहयोग गर्ने बताएका थिए।

किताब चरो नेपालद्वारा सञ्चालित बालगीत परियोजनाअन्तर्गत कान्तिपुर डेन्टल कलेजको सहकार्यमा निर्माण भएको गीति–फिल्म ‘गहभरी आँसु’ लाई गायिका बबिना भट्टराई र सुप्रिमा थापाले गाएकी छन् भने उक्त भिडियो गीतको निर्देशन आचार्य गोपालले गरेका हुन्। 

‘बालबालिकालाई प्रेम गरे मात्रै सुन्दर समाज निर्माण हुनेछ, त्यसैले म उनीहरूकै विषयमा गीत लेख्न रुचाउँछु,’ रामबाबु सुवेदीले भने।

बालबालिकाका विषयमा यसअघि नै डकुमेन्ट्री, सर्ट–फिल्म निर्देशक गरिसकेका आचार्य गोपाल भन्छन्, ‘बालबालिका माथि लगानी गरे मात्रै र तिनका समस्या पहिचान गरेर काम गरे मात्रै उनीहरूलाई पनि समाजप्रति उत्तरदायी हुन सिकाउँछ, फिल्ममार्फत् उनीहरूकै दुःख–व्यथा देखाउने प्रयत्न गरेका छौं।’

प्रकाशित: २५ कार्तिक २०८२ २१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App