निर्देशक शोभित बस्नेत चलचित्र ‘पीआर’ अब जापानमा पनि प्रदर्शन हुने भएको छ। आगामी मंसिर २६ गते प्रदर्शनमा आउने चलचित्र पीआर अब नेपाल लगायत जापानमा पनि प्रदर्शन हुन लागेको छ। चलचित्रको कथावस्तु प्रेम, संघर्ष र आप्रवासन संग जोडिएको भन्ने बस्नेतले बताए।
गणेश बुढाथोकीको लेखन रहेको चलचित्रमा परदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरु प्रति गरेका अपेक्षालाई केन्दमा राखेर चलचित्र बनाइएको छ।
जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना डिजिटलले पीआरको प्रदर्शन अधिकार खरिद गरेको हो।
चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह, गौरी मल्ल, आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु , कृष्ण थापा,र नवीन घायललगायत कलाकारहरूको अभिनय छ। रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन्।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको यस चलचित्रमा निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्।
प्रकाशित: २५ कार्तिक २०८२ २१:०६ मंगलबार





