५ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ सार्वजनिक

नारी स्रष्टा समाजले ‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ सार्वजनिक गरेकाे छ। साहित्यकार ममता मृदुलले उक्त कृतिकाे सम्पादन गरेकी हुन्।

नारी स्रष्टा समाज, विराटनगरले आयोजना गरेको एक विशेष कार्यक्रममा  प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठ, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, कल्याण पन्त लगायतले कृतिको लाेकार्पण गरेका थिए।

कार्यक्रममा अध्यक्ष मृदुल, प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरू मल्ल, लेकाली, रोदन, प्रधान र पन्तले विशेष मन्तव्य राखेका थिए।

प्रमुख अतिथि श्रेष्ठले विश्वराज अधिकारीले अमेरिका बसेर पनि नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

नाट्यकर्मी मल्लले अधिकारीले सात समुद्रपारि रहेर नेपाली भाषा साहित्यका विषयमा सोच्दै आएको प्रसंग उठाउँदै अब साहित्यमा भ्रष्टाचारमुक्त मुलुकको कल्पना गर्ने दर्शन पनि प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए।

विशिष्ट अतिथि लेकालीले सम्पादक मृदुललाई मोतीरामको कार्य गरेको भन्दै अधिकारीको योगदानको चर्चा गरेका थिए। साथै उनले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सुझाव पनि दिएका थिए।

डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएकाे कार्यक्रममा रमेन्द्र कोइरालाले कृतिबारे समीक्षात्मक टिप्पणी गरेका थिए।

लोकार्पित ‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ कृतिकी सम्पादक ममता मृदुलले पुस्तक प्रकाशनबारे स्पष्ट पार्दै यसअघि अशेष मल्लबारे यस्तै पुस्तक प्रकाशन गरेको बताइन्।

लाेकार्पित कृतिमा अधिकारीले लेखेका कृतिहरूमाथि विभिन्न सर्जकले गरेको समीक्षा समावेश गरिएको छ।

साहित्यकार रामकुमार पण्डितले सहजीकरण गरेकाे कार्यक्रममा अधिकारीका चालिस बढी पुस्तक प्रकाशित छन्। कार्यक्रममा साहित्यकारहरू अधिकारी, रोदन, शरद प्रधान, कल्याण पन्त लगायतले आआफ्ना भनाइ राखेका थिए।

प्रकाशित: १२ असार २०८२ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App