४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

सुनसरीमा ‘सिर्जनामा इनरुवा’ को ४० औं शृङ्खला

सुनसरी बहुमुखी क्याम्पसमा  ‘सिर्जनामा इनरुवा’ को ४० औं शृङ्खला सम्पन्न भएको छ। २०७७ सालमा स्थापना भएको यस संस्थाले भाषा, कला र साहित्यका क्षेत्रमा नियमित काम गर्दै आएको छ।

नोबेल साकोस साहित्य संस्थाका कोषाध्यक्ष लघुकथाकार ऋषि तिवारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा महानन्द साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष छविनाथ रिजाल, प्राज्ञ जीवनाथ पोखरेल ‘पन्छी’, साहित्य सौगातका प्रधानसम्पादक शशिप्रसाद बजगाईं, महाकाव्यकार डम्बरुबल्लभ भण्डारी, लेखक तथा अनुसन्धाता केशु विरही लगायतका लेखक तथा स्रष्टाहरूको शुभकामना मन्तव्य रहेको थियो।

सिर्जनामा इनरुवाका सहसचिव राधा सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विष्णु थापा मगर, सञ्जीव कटुवाल, रङ्गलाल भट्टराई, नवराज पोखरेल ‘नवशिला’, टीका मिलन, सागर तिम्सिना, एकराज भट्टराई, उमा खतिवडा, टङ्कप्रसाद भेटवाल, प्रिन्स प्रमोद ढकाल, किस्मत खतिवडा, निर्मला भट्टराई, रोहिणी रसिक, फणीन्द्रप्रसाद दाहाल, भरत गुरागाईं बर्बरिक, कान्ता भट्टराई, टङ्क राजवंशी, धुटन मेहता, छत्र काफ्ले, राधा सुवेदी, जयकृष्ण यादव, भूपाल अधिकारी लगायतका स्रष्टा तथा कलाकारको रचना वाचन रहेको थियो।

सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव रमेन्द्र कोइरालाको रहेको थियो।

प्रकाशित: ८ असार २०८२ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App