२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

नेपाली फिचर फिल्म ‘एक्लो’ को पोस्टर सार्वजनिक

नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेता सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा सुनील थापा र एवन राज उप्रेतीको लुक्स भिन्दै देखिएको छ। यसअघि प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी र जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेका छन्।

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ। फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेस्राे निर्देशकीय फिल्म हो।

 लामो समयदेखि बेलायत बस्दै आएका शाही ‘एक्लो’ लाई हलिउड स्तरको फिल्म बनाउने तयारीमा व्यस्त छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सन हुँदै छ। केही हप्ता अघि मात्र चलचित्र 'एक्लो' ले कान्समा स्टल राखेर चलचित्रको मार्केटिङ गरेको थियो। कान्सपछि ‘एक्लो’ को चर्चा बढेको छ। चलचित्रको प्रदर्शन मिति भने फाइनल गरिएको छैन।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ।

फिल्म ‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ छन्।

बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा र प्रोडक्सन डिजाइनरमा द्रोणप्रसाद पौडेल ‘ठेउके’ छन्।

निर्देशक प्रदीप शाहीकाे अनुसार क्यारेक्टर पोस्टरहरू सार्वजनिक गर्ने क्रम सकिएको छ। अब चलचित्रको प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरिनेछ।

प्रकाशित: २६ जेष्ठ २०८२ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App