स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा नितु श्रेष्ठको अध्यक्षतामा जुनियर र सिनियर प्रतिभाका लागि 'मिस्टर एन्ड मिस आइडल सिजन २' को ग्राण्ड फिनाले शुक्रबार म्युजिक सिटी, बालकुमारीमा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा ओनसरी घर्ती मगरले उपस्थिति जनाएकी थिइन् भने प्रतियोगिताको प्रमुख निर्णायकको भूमिकामा किरण केसी रहेका थिए।
प्रतियोगितामा मिस्टर जुनियर उपाधि प्रभाव राईले जित्दा, मिस जुनियरको उपाधि कृषा हुमागाईले हात पारिन्। त्यस्तै, मिस सीनियरको ताज स्वीकृति पुनको शिरमा सजिएको छ।
स्पर्धामा सहभागी प्रतियोगीहरूको विभिन्न कला, प्रस्तुति र व्यक्तित्वका आधारमा मूल्याङ्कन गरिएको थियो। आयोजक संस्था स्पार्कल इन्टरटेन्मेन्टले नयाँ प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्ने उद्देश्य कार्यक्रम गरिएको जनाएको छ।
यस प्रतियोगिताले नयाँ पुस्ताका बालबालिका तथा युवतीहरूमा आत्मविश्वास, प्रस्तुति कला र नेतृत्व क्षमताको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रकाशित: २५ जेष्ठ २०८२ १२:०३ आइतबार





