८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

विवादमा फस्ने डरले फिल्म 'जनै हराएको बाहुन' को नाम परिवर्तन

चलचित्र 'जनै हराएको बाहुन: सम्बन्धका धागाहरू' को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम 'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' रहने भएको छ ।

हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ ।

भदौ ६ गते रिलिज हुने यस चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् ।

रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आर्शिवाद दिएको जस्तो देखिएको छ । पोस्टरको कलरले बिहानको समय रहेको संकेत गरेको छ ।

उनको निन्यनउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ ।

निर्माणपक्षले विजयलाई एउटा ट्याग दिएको छ । विजयलाई निर्माणपक्षले 'एपिक नेचुरल स्टार' को ट्याग दिएको हो ।

छायांकन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनको टेबुलमा छ । यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो ।

निर्देशक हिमाल न्यौपानेले 'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' ले आमा र छोराबीचको भावनात्मक कथा भन्ने बुझिएको छ ।

बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ । चलचित्रमा  रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको पनि अभिनय रहेको छ ।

प्रकाशित: १९ जेष्ठ २०८२ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App