१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

कलाकार दीपक शर्माको टेलिसिरियल ‘दले दाइ’ आउँदै

कलाकार दीपक शर्माको टेलिसिरियल ‘दले दाइ’ छिट्टै दर्शकसामु आउने भएको छ। निर्देशक तथा लेखक शर्माकाे अनुसार सिरियलले देशमा जुनसुकै काम गर्दा दलालको सहारा लिनुपर्ने बाध्यताको कथा प्रस्तुत गर्छ, जसका कारण धेरै नेपाली विदेशिन बाध्य छन्। यिनै पीडादायक अनुभवहरूमा आधारित कथा सिरियलमा देखाइनेछ।

शर्माले बताए अनुसार टेलिसिरियलको पहिलो चरणको छायांकन भएको छ र अब दशैंभित्र यूट्युब मार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ।

सिरियलमा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, दीपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी “कैलु”, शिवकुमार महत, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनालले अभिनय गरेका छन्। दले दाइ ‘अमलाचौर मिडिया नेटवर्क’ ले निर्माण गरेको हो।

यस टेलिसिरियलका निर्देशक, लेखक तथा निर्माता स्वयं दीपक शर्मा हुन् भने निर्देशन सल्लाहकारको भूमिकामा वरिष्ठ कलाकार विश्वमणि घिमिरे रहेका छन्। छायांकन राहुल राईले, श्रृंगार गीताञ्जली योगीले, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठले र सम्पादन दिवाकर चौधरीले गरेका छन्। शीर्ष संगीत सरु पौडेलको रहेको छ।

“दले दाइ” टेलिसिरियल मार्फत नेपाली समाजमा व्याप्त दलाली प्रथाको यथार्थ चित्रण प्रस्तुत गर्ने प्रयास गरिएको छ।

प्रकाशित: १६ जेष्ठ २०८२ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App