शिवपुरी साहित्य समाज र शिवपुरी सन्देश त्रैमासिकले साहित्यकार वियोगी बुढाथोकीको अठारौं कृति ‘समयले जुटाएको चिटचिट’ नियात्रासंग्रहकाे लाेकार्पण गरेकाे छ।
नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण एवं परिचर्चा भएकाे हाे। प्रमुख आतिथि चापागाईंले मानवीकरणको सुन्दर सम्मिश्रण, कविता र गजलकाे सान्दर्भिक प्रयाेगले वियोगीका नियात्राहरू राेचक बनेकाे बताए।
कपिल अज्ञातले कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले वियोगीका नियात्रामा निजात्मक अनुभूति र सन्देशले भएको बताए।
त्यस्तै समीक्षक अनुपमा रेग्मीले वियोगीका नियात्रामा अनुभूति र अभिव्यक्तिको गहनताकाे प्रशंसा गरेका थिए।

विष्णुबहादुर सिंहकाे सभाध्यक्षता तथा प्रकाश घायलकाे सञ्चालनमा भएकाे कार्यक्रममा नियात्राकार बुढाथोकीले लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुली, सोझो गाउँले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

भुँडीपुराण प्रकाशनले ‘समयले जुटाएको चिटचिट’ नियात्रासंग्रह प्रकाशनमा ल्याएकाे हाे।
प्रकाशित: ७ जेष्ठ २०८२ १३:०९ बुधबार





