१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

'के घर के डेरा : घर नं २'बाट उत्साहित दीपेन्द्र, खगेन्द्र र केकी

जेठ २ मा रिलिज हुने

अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन् । 'के घर के डेरा : घर नं २' मार्फत् उनी एक वर्षपछि सेतो पर्दामा देखिने भएकी हुन् ।

केकी 'बोक्सीको घर'पछि कुनै पनि चलचित्रमा देखिएकी थिइनन् । बोक्सीको घर उनकै लगानीमा बनेका चलिचत्र पनि हो ।  

एउटै व्यक्तिले धेरै काम लिँदा त्यसको तनाव र दौडधुपले केही समय ब्रेक लिएको उनले बताएकी छन् । एक वर्षपछि आफूले चाहे अनुसारको काम गर्न पाएको केकीले बताइन् ।  

'के घर के डेरा : घर नं २' लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । केकी यो सिनेमामा मुख्यमध्येको एक भूमिका रहने निर्माण पक्षले जनाएको छ ।

केकी र दीपेन्द्रको यो पहिलो सहकार्य हो । केकी अभिनेत्रीका रूपमा र दीपेन्द्र निर्देशकका रूपमा स्थापित भए पनि यी दुईले हालसम्म कुनै पनि सिनेमामा सहकार्य गरेका थिएनन् ।

'उहाँ (दीपेन्द्र के खनाल) आफैँमा अब्बल कथावाचक हो । तर, उहाँसँग काम गर्ने अवसर मिलेको थिएन,' केकीले भनिन्, 'पहिलोपटक यति राम्रो सिनेमामा काम गर्ने मौका मिल्यो ।'

केकीले मौलिक र आम नेपालीको कथामा सिनेमा 'के घर के डेरा : घर नं २' बनेको बताइन् । घर हुने र बनाउन चाहनेहरूको कथा सिनेमामा रहेका उनको भनाइ छ ।

गाउँबाट काठमाडौं आएर संघर्ष गर्नेहरूको कथा सिनेमामा रहेको उनको भनाइ छ । काठमाडौंका कथालाई मौलिक होइनन् भन्ने बुझाइ पनि कतिपय अवस्था रहेको उनले बताएकी छन् ।

'अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,' उनले भनिन्, 'अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।' कथा, निर्देशन, अनुभवी कलाकार र कामप्रतिको डेडिकेसनले सिनेमा राम्रो बनेको उनको विश्वास छ ।

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा केकीसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । 'के घर के डेरा : घर नं २' जेठ २ गते रिलिज हुँदैछ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ ।

'के घर के डेरा : घर नं २' को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

प्रकाशित: ३१ वैशाख २०८२ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App